प्रदेश नं २ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत हुने

प्रदेश नं २ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नं। २ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत हुने भएको छ । सभामुख सरोजकुमार यादवले आज प्रदेशसभा बैठकमा सो जानकारी दिनुभएको हो । प्रदेश प्रमुख डा राजेश ‘अहिराज’ले दिउँसो २ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

यसैबीच मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहको सशर्त अनुदान योजना सन्दर्भमा उत्पन्न समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि हिजोदेखि अवरूद्ध प्रदेशसभा बैठक आज पुनः सञ्चालन भएको छ । सशर्त अनुदान योजनामा प्रदेशसभा सदस्यले पेश गरेको योजना नसमेटिएको, स्वेच्छाचारी प्रवृत्ति देखिएको भन्दै विपक्षी दल नेकपा(एमाले) नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले बैठक अवरूद्ध गर्नु भएको थियो । आजको बैठकमा मुख्यमन्त्री राउतले स्थानीय तहको सशर्त अनुदानको योजना सच्याउने प्रतिबद्धता व्यक्त गर्दै सोका लागि कानूनमन्त्रीलाई निर्देशन दिनुभएको थियो ।