पञ्चेबाजाका गुरुको निधन

पञ्चेबाजाका गुरुको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेखमा पञ्चेबाजा र दाइने दमाह बाजाका गुरु मानिने मानबिरे दमाईँको निधन भएको छ ।

आठबिस नगरपालिका –१ का दमाईको ८८ वर्षको उमेरमा आज दिउँसो निधन भएको स्थानीयबासी दिपक नेपालीले जानकारी दिनुभयो । दमाईँ लामोसमयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो । कुनै बेला कुनै गाउँमा पञ्चेबाजा, हुड्के नाचमा उहाँको माग हुने र उहाँको दमाह बज्दा गाउँमा भीड नै लाग्ने गरेको थियो । ठुला घरमा विवाह उत्सवमा हुँदा प्रायः उहाँले नै बजाउनुहुन्थ्यो ।

पूर्व राज्यमन्त्री शिवराज जोशी, आठबीस नगरपालिकाका प्रमुख खड्कराज उपाध्यायलगायत विभिन्न जनप्रतिनिधिले दमार्ईँको निधनबाट अपूरणीय क्षति भएको बताउँदै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।