निषेधाज्ञामा महिला, बालबालिका हिं’साका ३७ घटना

निषेधाज्ञामा महिला, बालबालिका हिं’साका ३७ घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिं’साका ३७ घटना भएका छन् । वैशाखदेखि हालसम्म उक्त घटना भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा १५ जना महिलाले आ’त्मह’त्या गरेका छन् । घरेलु हिं’साका घटना १३ वटा, ज’बरजस्तीकरणीका ३ वटा, ज’बरजस्तीकरणी उद्योगका २ वटा, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा ज’बरजस्तीकरणी र बहुविवाहका १÷१ वटा मुद्दा दर्ता भएका छन् ।

निषेधाज्ञाको समयमा महिलामाथि हुने घटना नरोकिएको उहाँले बताउनुभयो । निषेधाज्ञामा घर भित्र बस्दा महिला बढी पीडित हुने गरेको उहाँले जानकारी दिनुभयो । थापाले भन्नुभयो “घरभित्रै बस्दा आफन्तबाट पीडित हुने महिलाहरु बढिरहेका छन् ।” कोभिड १९ का कारण स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि लगाएको निषेधाज्ञाको समयमा मात्र यी घटना भएका हुन् ।