विकासनिर्माणको निगरानी गर्न उपप्रधानमन्त्री महासेठको आग्रह

विकासनिर्माणको निगरानी गर्न उपप्रधानमन्त्री महासेठको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उपप्रधानमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला धनुषा आउनुभएका नेकपा (एमाले)का नेता रघुवीर महासेठलाई उनको निर्वाचन क्षेत्र नं ४ को महेन्द्रनगरमा स्वागत गरिएको छ । धर्मपत्नी एवं निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतोसँंगै आउनुभएका महासेठलाई धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री महासेठले यस क्षेत्रको जनता र विकासका लागि सदैव तयार समर्पित रहने बताउनुभयो । मन्त्री महासेठले विकासनिर्माणको कामको निगरानी गर्नका लागि पनि जनतालाई सतर्क रहन आग्रह गर्नुभयो ।