माटो खन्ने क्रममा दुवै खुट्टा भाँचिएका बालकको उद्धार

माटो खन्ने क्रममा दुवै खुट्टा भाँचिएका बालकको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शनिबार माटो खन्ने क्रममा दुवै खुट्टा भाँचिएका हुम्लाको सिमकोट गाउँपालिकाका ११ वर्षीय युद्ध शाहीको थप उपचार हुने भएको छ । आर्थिक अभावले उपचार हुन नसकिरहेका बेला सहयोग जुटाएर घाइते बालक शाहीको आज उद्धार गरिएको हो । बिरामी र कुरुवाका लागि हुम्लादेखि सुर्खेतसम्म लाग्ने हवाई भाडा सीता एयरलाइन्सले निःशुल्क व्यवस्था गरेको छ ।

घरमा आर्थिक अवस्था अति कम्जोर भएका बालकको उपचारमा ठाउँबाट सहयोग जुटाएर हवाइजहाज मार्फत सुर्खेत पठाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । उठाइएको रकम उपचारबाट बचत भएमा बालकको पढाइमा खर्च गरिनेछ । चौध वर्षकी दिदीसँग बस्दै आएका शाहीका बुबाको मृत्यु भइसकेको छ भने आमाले अर्कैसँग विवाह गरेकी छिन् ।