प्रधानमन्त्री ओलीको जीवन रक्षाको माग

प्रधानमन्त्री ओलीको जीवन रक्षाको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गर्नुभएको छ । प्रदेशसभाको आठौँ अधिवेशनको सातौँ बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य रखालले प्रधानमन्त्री ओलीको जीवन रक्षा हुनुपर्ने धारणा राख्नुभएको हो ।

“मान्छे मा’र्छु भन्ने सर्वसाधारणलाई ज्यान मा’र्ने कसुरमा मुद्दा चल्छ भने प्रदेशसभा सदस्यको हकमा के कानून छ र ?” प्रश्न गर्दै उहाँले भन्नुभयो, “त्यसैले म भन्न चाहन्छु, सांसदले रोष्टमबाट मान्छे मा’र्ने अभिव्यक्ति दिएपछि उनलाई कारवाही हुन्छ कि हुँदैन ? त्यसैले यस्ता हिं’स्रक अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन ।” उहाँले प्रधानमन्त्री ओलीको जीवन रक्षाका लागि पनि त्यस्तो अभिव्यक्ति दिने सांसदलाई हिरासतमा राखी कारवाही माग गर्नुभयो ।