पर्यटकीय क्षेत्र शोभातालमा थारु घरवास

पर्यटकीय क्षेत्र शोभातालमा थारु घरवास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलौरी नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालमा थारु घरवास पर्यटन (होमस्टे) बनाउन शुरु गरिएको छ । शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने नगरपालिकाको योजनाअनुसार थारु होमस्टेको भवन बनाउन लागिएको हो ।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले आइतबार होमस्टको भवन निर्माणको शिलान्यास गर्नु भएको छ । होमस्टे भवन निर्माण कार्यको शिलान्यास गर्दै उहाँले आन्तरिक पर्यटन व्यवसायलाई प्रर्वद्धन गर्नका लागि कार्य अगाडि बढाइएको बताउनुभयो । “शोभातालको शोभा बढ्छ । यसबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ”, उहाँले भन्नुभयो ।

थारु समुदायको संस्कृति, रहनसहन, भेषभूषा र मौलिक खाद्य परिकार संरक्षण र प्रवद्र्धनका लागि होमस्टे बनाउन लागिएको हो । शोभाताल क्षेत्रमा थारु समुदायको वसोवास छ । होमस्टेसँगै दृश्यावलोकन स्तम्भ निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ । शोभातालको दृश्यावलोकनका लागि यस किसिमको स्तम्भले पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ ।

होमस्टे भवन निर्माणसँगै नगरपालिकाले स्थानीय पाँच परिवारलाई होमस्टे सञ्चालनका लागि अनुदान समेत दिने भएको छ । त्यसका लागि नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको छ । बेलौरी नगरपालिका—५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय स्थल बनाउन विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) निर्माण गरिएको छ । नगरपालिकाले यसका लागि सङ्घीय सरकारबाट समेत सहयोग पाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न तालका नौका बिहान गर्न मोटरबोट समेत सञ्चालन गर्ने योजना बनाइएको नगरपालिकाका प्रवक्ता विनोद नेपालीले बताउनुभयो । शोभाताल क्षेत्रलाई पर्यटकीय स्थल बनाउने योजनालाई नगरपालिकाले नगर गौरवको योजनाका रुपमा राखेको छ । रासस