प्रधानमन्त्री कार्यालयलाई सशक्त र प्रभावकारी तुल्याइने छ : मन्त्री बानियाँ

प्रधानमन्त्री कार्यालयलाई सशक्त र प्रभावकारी तुल्याइने छ : मन्त्री बानियाँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री मोहन बानियाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरकारको महत्वपूर्ण केन्द्रीय निकाय भएकाले यसको कार्य र भूमिकालाई थप सशक्त र प्रभावकारी तुल्याइने बताउनुभएको छ । काठमाडौँमा उपलब्ध कर्णाली प्रदेशका निजामति र सार्वजनिक सेवामा रहेका अधिकृतसँगको परिचयात्मक कार्यक्रममा उहाँले सुशासन, सुपरीवेक्षण र सुसमन्वयमा कार्यालयको ध्यान केन्द्रित हुने बताउनुभयो ।

प्रधानमन्त्री कार्यालयअन्तर्गत ४८ वटा गहन र महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले यी प्रमुख विषयमा नतिजामूलक तवरले कार्य सम्पादन गर्ने आफ्नो प्रयास रहने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय गौरवका आयोजनालगायत अन्य परियोजनाको निर्माण तथा कार्यान्वयनमा पनि विशेष ध्यान दिइनेछ ।” नेपाल सरकारका विभिन्न मन्त्रालयसँगको समन्वयमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्नेतर्फ प्रयास केन्द्रित गरिने उहाँको भनाइ थियो । सो परिचयात्मक कार्यक्रममा सहभागी राष्ट्र सेवकले नवनियुक्त मन्त्री बानियाँलाई विभिन्न रचनात्मक सुझाव दिनुभएको थियो ।