नेपाली कांग्रेस लमजुङका पूर्वसांसद अधिकारीको कोभिड सङ्क्रमण बाट निधन

नेपाली कांग्रेस लमजुङका पूर्वसांसद अधिकारीको कोभिड सङ्क्रमण बाट निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहनुभएका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो । उहाँको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

विस १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मनुभएका अधिकारी विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । स्व अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । रासस