फिदिम नगरपालिका–४ जोरसाल बजार छेउ कुमालेटोलका वृद्धको आइतबार राति भएको ह’त्याको घटनाको प्रहरीले अनुसन्धान जारी राखेको छ । ह’त्यामा संलग्नको पहिचानका लागि प्रहरीले घटनास्थल आसपासका क्षेत्रका स्थानीयवासी, मृतकका आफन्त तथा पछिल्लो समय सम्पर्कमा रहेकासँग सोधपुछ गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयले सङ्घीय प्रहरी एकाइ सुनसरी धरानबाट तालीमप्राप्त दुई कुकुर झिकाई घटनामा संलग्नको पहिचानको प्रयास गरेको थियो । कुकुरले ह’त्यामा संलग्नको पहिचान गर्न सकेका छैनन् । घटना भएको ढिलो गरी जानकारी प्राप्त हुनु, घटनापछि पानी पर्नाले प्रमाण नष्ट हुनु तथा अनुसन्धान गर्नुपर्ने क्षेत्रमा मानवीय गतिविधि बढी हुनुले कुकुरले ह’त्यामा संलग्नको पहिचान गर्न नसकेको हो ।
कुकुरले ह’त्यामा संलग्नको पहिचान गर्न नसकेपछि विभिन्न प्राविधिक कोणबाट अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । “विभिन्न प्राविधिक कोणबाट अनुसन्धान भइरहेको छ, केही प्रगति पनि भएको छ”, प्रहरी निरीक्षक विश्वकर्माले भन्नुभयो, “तर निष्कर्षमा पुग्न बाँकी छ ।” प्रहरीले टेकबहादुरसँगको सम्पर्कका व्यक्तिसँग सोधपुछ जारी राखेको छ ।
जोरसाल बजार छेउ कुमालेटोलका ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको आइतबार राति धारिलो ह’तियार प्र’हार गरी ह’त्या भएको थियो । फिदिम–२ ओदिनमा समेत घर भएका टेकबहादुर श्रीमती कालीमायासहित कुमालेटोलमा बसोबास गर्दै आएको बताइएको छ । पक्षघातबाट ग्रसित कालीमायाले घटनाको जानकारी दिन नसक्दा आइतबार बिहान मात्रै घटना सार्वजनिक भएको थियो । मृतकका जेठा छोरा–बुहारी सुनसरीको धरानमा तथा कान्छा छोरा–बुहारी ओदिनमा बसोबास गर्दै आएका थिए ।
प्रतिक्रिया