गर्भवतीलाई बारबर्दिया नगरपालिकाको उपहार, दुध सङ्कलन केन्द्रमा अनुदान

गर्भवतीलाई बारबर्दिया नगरपालिकाको उपहार, दुध सङ्कलन केन्द्रमा अनुदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनौला हजार दिनका आमा तथा गर्भवतीलाई बारबर्दिया नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत उपहार वितरण गरेको छ । नगरपालिका नगरप्रमुख दुर्गाबहादुर थारुले पालिकाका विभिन्न सय जना गर्भवतीलाई उपहार वितरण गरिएको बताउनुभयो । पालिकाले उपहारस्वरुप प्रत्येक सुत्केरीलाई किटनासक झुल, घ्यु, सेनिटाइजर, मास्कलगायतको उपहार सामग्री दिएको हो ।

‘सुनौला हजार दिन’का गर्भवती आमालाई बारबर्दिया नगरपालिकाद्वारा पौष्टिक उपहार वितरण गरिँदै । सो कार्यक्रममा बारबर्दियाका नगरपालिका नगरप्रमुख दुर्गाबहादुर थारुले बर्दियाको बारबर्दिया नगरपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत करीब १०० जना गर्भवतीलाई उपहार वितरण गर्नुभयो । तस्वीर ः मेनका चौधरी÷रासस

नगरका उपप्रमुख अञ्जु दहितले उनीहरुलाई पोसिलो खाना र स्वास्थ्य सुरक्षा सामग्रीसहितको उपहार प्रदान गर्न शुरु गरेको छ । कोरोना महामारी संक्रमण फैलिने क्रममा रहिरहेका बेला गर्भवतीलाई नगरपालिकाले पोसिलो खाना र स्वास्थ्य सुरक्षा सामग्री दिइएको बताउनुभयो । यो कार्यक्रम वडा नं. १, २, ४ र ५ मा लागु भएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले पोसिलो खाना खाएमा बच्चाको दिमाग र शरीरको वृद्धि विकास हुने बताउनुभयो ।
यसैगरी, सो नगरपालिकाले दुध संकलन केन्द्रमा दुई लाख बराबरको अनुदानको सामग्री वितरण वितरण गरेको छ । केन्द्रमा स्टपलाईजर, दराज, टेवल, कुर्सीहरु हस्तान्तरण गरिएको हो । नगरप्रमुख थारुले दुध उत्पादन किसानहरुले गर्ने त्यसको व्यवस्थापन र बजारीकरणका लागि आर्थिक रुपमा थप सहयोग नगरपालिकाले गर्ने बताउनुभयो ।

यसैगरी नगरपालिकामा शहिद विष्णु धनीको २३ औ स्मृति दिवसका अवसरमा वृक्षरोपण कार्यक्रम भएको छ । सो अवसरमा शहिद विष्णु प्रोख्ररेलको श्रीमती लक्ष्मी पोख्ररेल र धनीराम थारुको श्रीमती वुंदनी थारुको दुवैजनाले संयुक्त रुपमा रिवन काटेर २३ औ स्मृति दिवसको अवसरमा आइसिटी ल्याब उद्घाटन गर्नुभएको थियो । सो वहुप्राविधिक शिक्षालयमा विष्णु र धनिको फोटोहरु समेत छ उहाँको विषयमा समेत पुस्तकहरु लेखिएको विषयलाई समेत विद्यार्थीरुले अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । रासस