लगातारको झरीले धानको बिउ नष्ट

लगातारको झरीले धानको बिउ नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

केही दिनयता मनसुन सक्रिय भएपछि लगातारको झरीले गर्दा पर्सा जिल्लाका किसानहरुले ब्याडमा लगाएको धानको बिउमा क्षति पुगेको छ । किसानहरुले धान खेती गर्नको लागि ब्याडमा बिउ राखेको भएपनि लगातारको झरीको कारण बिउ उम्रिन समस्या भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

पर्साका ८० प्रतिशत किसानले धानको बीउ राखिसकेका छन् । लगातारको झरीको कारण २० प्रतिशत बिउ नष्ट भएको कार्यालयका निमित प्रमुख मुनिलाल प्रसादले राससलाई बताउनुभयो । भर्खरै बिउ राखिएका कारण टुसा नलागेकाले क्षति हुन गएको बताइएको छ । पर्सामा चैते धान तीन हजार ५०० हेक्टर, भदैया धान आठ हजार ५५० हेक्टर र अगहनी धान ३५ हजार हेक्टर गरी ४७ हजार ५० हेक्टरमा धान खेती हुँदै आएको छ ।

यसैगरी मनसुनको कारण लगातारको झरीबाट पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा तरकारी बाली पनि नष्ट भएको छ । वर्षाको कारण ग्रामीण क्षेत्रका बाटोघाटोहरु हिलाम्य भएकाले आवतजावतमा समस्या भएको छ ।