चैते धान : दोब्बर वृद्धि

चैते धान : दोब्बर वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँकेका बैजानाथ गाँउपालिका–८ झिंगौराका किसान अजितकुमार सुनारले यो वर्षको परीक्षणमा पहिलो पटक चैते धान फलाउन सफल भएका छन् । बर्खे धान भन्दा चैते धान उत्पादनमा दोब्बर वृद्धि भएको किसानहरूले अनुमान गरेका छन् । उत्पादन राम्रो भएको देखेर गाउँका अन्य किसान पनि उक्त धानप्रति आकर्षित भएका छन् ।
पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर चिनिँदै आएको छ । बर्दियाका किसान एक दशक अघिदेखि चैते धानतर्फ आकर्षित भएका छन् । यस वर्ष भने बाँकेका किसानले चैते धान फलाउन सफल भएका पछि किसानहरु चैते धान तर्फ आकर्षित भएका छन् ।

सिक्टा सिचाई–राष्ट्रिय गौरवको आयोजनाले नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उत्साही भएका थिए । नहरमा १२ महिना नै पानी आउन थालेपछि किसानहरूलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियोे ।

कोहलपुर नगरपालिका १५ चौधरिया गाँउका किसान ज्ञानबहादुर नेपालले पनि ११ कट्ठा जमिनमा चैते धान फलाउन सफल हुनुभएको छ । किसान नेपालले असार पहिलो हप्तासम्म चैते धान थन्क्याएर बर्खे धान लगाउने तयारी गरेको बताउनुभयो । परीक्षणको रूपमा उहाँले हल्दीनाथ– ३ र चैते धान– ५ नामक धानको खेती गर्नुभएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईले किसान अजित सुनारलाई प्रोत्साहन गर्न यो वर्ष चैते १ जातको धान निःशुल्क उपलब्ध गराएको बताउनुभयो ।