पहिरोमा च्यापिएर एकको मृत्यु, दुईजना घाइते

पहिरोमा च्यापिएर एकको मृत्यु, दुईजना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पहिरामा च्यापिएर आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार पहिरोमा च्यापिएर मृत्यु हुनेमा केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बम रहेका छन् ।

गाउँको खानेपानीको पानीको मुहानमा गएका बेला बमको खिरणा खोलाको पहिरोमा च्यापिएर मृत्यु भएको स्थानीय खगेन्द्र बडैलाले जानकारी दिनुभयो । उहाँका अनुसार पानी मुहान सफा गर्न गएका अन्य दुई केआइसिंह गाउँपालिका झिगावस्तीका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पूजा कुँवर घाइते भएका छन् । पुनीको हात भाँचिएको छ भने पूजाको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । घाइतेहरूलाई उपचारका लागि दिपायल ल्याउने तयारी भइरहेको बताइएको छ ।