आफ्नो श्रीमान माधव भण्डारीलाई मेलम्चीको बाढीले बगाए पछी श्रीमती नाबालक छोरालाई अंगाल्दै भक्कानिइन (भिडियो)

आफ्नो श्रीमान माधव भण्डारीलाई मेलम्चीको बाढीले बगाए पछी श्रीमती नाबालक छोरालाई अंगाल्दै भक्कानिइन (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । मंगलबार साँझ आएको भिषण बाढी र पहिरोमा परि सिन्धुपाल्चोकमा कम्तिमा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा हेलम्बु-२ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु-३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु-७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु-६ का च्याङ्बा तामाङ छन् । मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए ।

मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले ठुलो क्षति गरेको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले जानकारी दिए । मेलम्ची खोला उर्लिंदा मेलम्ची बजारमा डुबेको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र दर्जनौ घर बगेको विवरण आएको छ ।

सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । सेनाको हेलिकप्टर मार्फत त्यहाँ उद्दार भएको छ । खोलामा अझै पनि पानीको बहाव नघटेकोले सतर्कता अपनाउनु पर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

खोलामा बाढी आएको थाहा पाएपछि माधव भण्डारी खोलामा माछा पोखरीमा आउने कुलो थुन्न जादा बाढीले बगाएको श्रीमतीले भावुक हुदै सुनाएकी छन ।

मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबाएको छ । मङ्गलबार अपराह्नदेखि बढेको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियोको तीनतले भवनको दुई तलासम्म डुबाएको छ ।

रेडियोका सम्पूर्ण सामग्री क्षतिग्रस्त भएको र करीब रु ५० लाख हाराहारी क्षति भएको छ । रेडियोको सम्पूर्ण कागजात, उपकरण, ल्यापटपलगायत सामग्री बाढीले बगाएको रेडियोका अध्यक्ष डम्बररसिक भारतीले बताउनुभयो ।
दोस्रो तलासम्म लेदोले पुरिएको र तेस्रो तलाको अलिकति भाग मात्र देखिएको छ । बाढीले मेलम्ची बजार डुबानमा परेपछि स्थानीयवासी सुरक्षित आश्रय स्थलको खोजीमा छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री तथा अन्य संघसंस्था राहत एवं सहयोगका लागि सिन्धुपाल्चोक जाने क्रम जारी छ ।

तस्विरहरु :

भिडियो हेर्नुहोस :

सेनाको हेलिकप्टरले बाढीमा फसेकाहरुको उद्दार गर्दै :

तस्विर : सामाजिक संजाल

बाढीपहिरामा परी तीनको मृत्यु, ११ बेपत्ता

केही दिनदेखिको अविरल वर्षाका कारण बाढी पहिरामा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता भएका छन् । सातजना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख दिलकुमार तामाङले बाजुरा, पाल्पा र सिन्धुपाल्चोकमा एक÷एकजनाको मृत्यु भएको जानकारी दिनुभयो । सिन्धुपाल्चोकमा सात जना हराइरहेका छन् । गत वर्ष पनि सिन्धुपाल्चोकमा पहिराले ठूलो जनधनको क्षति भएको थियो । यस्तै सल्यान, बाजुरा, गोरखा, जाजरकोटमा पनि मानिस हराइरहेका उहाँले बताउनुभयो । अन्य विवरण सङ्कलन जारी रहेको केन्द्रले जनाएको छ ।

बाढी पहिरामा फसेकाको उद्धार, पीडितलाई राहत सामग्री वितरण तथा सुरक्षित बासस्थानमा व्यवस्था गर्न लागिएको तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रबाट बिहान सेनाको हेलिकप्टरमार्फत २६ जनाको उद्धार गरिएको छ ।

त्यस क्षेत्रका लागि एक ट्रक राहत सामग्री काठमाडौँबाट पठाइसकिएको तामाङले जानकारी दिनुभयो । अब मनाङका लागि हेलिकप्टरबाट राहत पठाउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ । त्यहाँ बाढीका कारण जोखिममा रहेका ५०० जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । नेपालमा यही जेठ २८ गतेदेखि मनसुन प्रवेश गरेको थियो । त्यसयता लगातार पानी पर्दै आएको छ । यस वर्ष औषतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ ।