जुम्लाको टुङ्टुङ लेकको पहिरोमा ४ जना बेपत्ता

जुम्लाको टुङ्टुङ लेकको पहिरोमा ४ जना बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्लाको पातारासी गाउँपालिका लेखिढुङ्गा टुङ्टुङ लेकमा पहिरोमा परी चार जना बेपत्ता भएका छन । सो क्षेत्रमा फोन सम्पर्क हुन सकेको छैन । पहिरोमा घाइते भएका मध्ये सुकबहादुर नेपाली र तारा नेपालीको स्वास्थावस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा परी घाइते भएका अन्य दुई जनाको पहिचान हुन सकेको छैन ।

उनीहरु जडिबुटी खोज्न पाटन गएका बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराज चौलागाइँले “ मौसममा सुधार हुने बित्तिकै हवाई बेपत्ताको खोजी शुरु हुन्छ । ”