काठमाडौँ । लगातार १ हप्तादेखि देशैभर परेको अविरल वर्षाको कारण अहिले नेपालको पहाडी र तराई क्षेत्रमा बाढी पहिरोले प्रभाव पारेको छ । बाढी पहिरोले गर्दा धेरै घरहरु बिस्थापित हुन पुगेका छन् । अहिले देश भर नै बाढी पहिरोको प्रकोप छ ।
जिल्ला प्रसासन कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले कम्तिमा २० जना बेपत्ता भएका छन । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । त्यस्तै झोलुंगे तथा पक्कि पुल समेत बाढीले बगाएपछी मानिसको आउने जाने सम्पर्क नै टुटेको छ ।
अहिले मेलम्चीका बाढी पिडितहरुलाई देश विदेशबाट आर्थिक सहयोग आउन थालेको छ । विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले आर्थिक तथा मानवीय सहयोग गर्न बाढी ग्रसित क्षेत्र पुगेका छन । यसै बीच चर्चित अभिनेत्री स्वेता खड्का पनि राहत सामग्री लिएर मेलम्ची पुगेकी छन । उनले त्यहाँ १०० घर परिवारलाई राहत सामग्री समेत वितरण गरेकी छन । त्यस्तै स्वेताले सुत्केरी महिलालाई हेलिकप्टर मार्फत उद्दार समेत गरेकी छन ।
भिडियो यहाँबाट हेर्नुहोस ।
प्रतिक्रिया