महाकाली नदीबीचमा फसेका तीनको नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त टोलीद्वारा उद्धार

महाकाली नदीबीचमा फसेका तीनको नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त टोलीद्वारा उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ५ असार । महाकाली नदीको बाढीमा फसेका तीन जनाको नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त टोलीले आज उद्धार गरेको छ । भीमदत्त नगरपालिका १० नजिकको भारतीय वनमा भैंसी चराएर फर्कने क्रममा महाकाली नदीको बीचमा फसेका वर्ष २४ का राजेश टमटा, वर्ष २० का राम टमटा र वर्ष २८ का प्रमा तिरुवाको उद्धार गरिएको हो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट(बिओपी) गड्डाचौकी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) सलानी गोठको समन्वयमा उद्धार गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिनुभयो । नेपाल तर्फबाट सशस्त्र प्रहरीका १४ जवान, नेपाल प्रहरीका पाँच जवान, भारतीय एसएसबीका ५७ नम्बर वटालियन वनवसाका सात जवान र टनकपुरस्थित भारतीय प्रहरीका प्रहरी निरीक्षक धरमवीरको कमाण्डमा आठ जना डुङ्गासहितको टोली उद्धारमा संलग्न भएको थियो । रासस