चीनको लशानले पठाएको स्वास्थ्य सामग्री काठमाडौँमा

चीनको लशानले पठाएको स्वास्थ्य सामग्री काठमाडौँमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । लुम्बिनी विकास कोषलाई चिनियाँ भगिनी संस्था चीनको लशान जाइण्ट बुद्ध रमणीय क्षेत्र व्यवस्थापन समितिले सहयोगस्वरुप उपलब्ध गराएको झण्डै रु ४० लाख बराबरको स्वास्थ्य सामग्री काठमाडौँ ल्याइएको छ ।

कोषको विशेष अनुरोधमा लशान नगरपालिका जनसरकारको तर्फबाट सो कमिटीले १५ थान अक्सिजन कन्सन्ट्रेटर, ५० हजार सर्जिकल मास्क, दुई हजार पीपीई र दुई हजार नै मेडिकल गगल्स उपलब्ध गराएको हो ।

कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले झण्डै रु दुई लाख २० हजार चिनियाँ युवान बराबरको स्वास्थ्य सामग्री खुनमिङ सहरबाट हिमालय एअरलाईन्सको चार्टर उडानमार्फत् शुक्रबार काठमाडौँ आइपुगेको जानकारी दिनुभयो । अनुदानमा प्राप्त सामग्री सक्दो छिटो लुम्बिनी पठाउने तयारी भइरहेको राईले बताउनुभयो । रासस