सय घरधुरीलाई सारियो सुरक्षित स्थानमा

सय घरधुरीलाई सारियो सुरक्षित स्थानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लगातारको वर्षाका कारण पहिरोको जोखिममा रहेको पश्चिम दैलेखको आठबीस नगरपालिका– ९, छेपाडी गाउँका ४० र कर्णाली नदी आसपासमा ६० घरधुरिका करीब दुई सय ५० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

त्यहाँका भिरालो बस्तीमा माथिबाट जुन सुकैबेला पहाडको पहिरो झर्न सक्ने र पहिरोले बस्ती नै पुरिनसक्ने देखिएपछि ती परिवारलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिका र प्रहरीको सक्रियतामा जोखिम रहेका बस्तीमा बसोबास गर्ने त्यहाँका परिवारहरु अब जोखिममुक्त भएका छन् । प्रहरीको यो कार्यले आफूहरु निकै खुशी भएको स्थानीबासीले बताएका छन् ।

खुलेन कर्णाली राजमार्ग

कर्णाली राजमार्गको दैलेखखण्डका विभिन्न ठाउँमा गएको परिरोबाट एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । दैलेखका सियाला , किटुभीर, दहिखोला, घट्टेखोलालगायतका ठाँउमा पहिरो झरेर सडक पुरिएको र पहिरो नहटाइँदा राजमार्ग चल्न सकेको छैन ।
राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि खाद्यान्न लिएर गएका र यात्रुबहाक सवारी साधन र जुम्ला कालिकोटबाट सुर्खेत फिर्ता हुने क्रममा हिँडेका सवारीसाधन बाटोमै थुनिएका छन् ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले एक ठाउँमा पहिरो बनाउँदा अर्काे ठाउँमा जाने भएकाले कठिनाइ आएको बताउनुभयो । रासस