हुम्लामा पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार

हुम्लामा पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्लाको सिमकोट गाउँपालिका—६ निवासी एक महिलाको प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चको मृत्यु भएपछि आइतबार आमाको उद्धार गरिएको छ ।

सत्ताइस वर्षीय जगतमाया रोकायालाई असार एक गतेबाट प्रशव व्यथा लागेको भए पनि प्रतिकुल मौसमका कारण हवाइ मार्गबाट उद्धार हुन नसक्दा बच्चाको पेटभित्रै मृत्यु भएको थियो । आज मौसममा सुधार आएपछि उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताउनुभयो ।