माडीका ६० चेपाङसहित १२० परिवारलाई खाद्यान्न

माडीका ६० चेपाङसहित १२० परिवारलाई खाद्यान्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माडीका विपन्न तथा चेपाङ परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । लियो क्लब अफ भरतपुर युथले शनिबार एक कार्यक्रमबीच माडी नगरपालिका १२० परिवारलाई खाद्यान्न वितरण गरेको हो । माडी ८ का ५३ जना विपन्न परिवार, माडी ७ स्थित परी खोला किनारमा रहेका चेपाङ बस्तीका ६० परिवार र एचआईभी सङ्क्रमित भएका ८ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । यस्तै माडी ८ का २० किसानलाई फरुवासमेत वितरण गरिएको छ ।

वडा नम्बर ८ को कार्यालयमा वडाध्यक्ष कृष्ण राज अधिकारीले विपन्न परिवारको छनोट गरेका गर्नुभएको थियो । उहाँले धेरै विपन्न नागरिकबाट अति विपन्न छानेको बताउनुभयो । त्यसमा पनि धेरै जसो दलित समुदायका परिवार छानेको उहाँले बताउनुभयो । माडी ७ मा भने चेपाङ गाउँमा नै पुगेर त्यहाँ रहेका सबै ६० घर परिवारलाई खाद्यान्न बाँडिएको थियो । दुई वर्षअघि कुशुम खोलाबाट ती चेपाङ परिवारलाई विस्थापित गरेर बस्ती नजिकको परी खोला किनारमामा ल्याएर राखिएको थियो । खोला किनारमा रहेका उनीहरूको अवस्था निकै दयनीय रहेको वडाध्यक्ष बाल कृष्ण सापकोटाले बताउनुभयो । एउटै कोठा भएको सानो झुप्रोमा ५÷७ जनाको परिवार बसेका उनीहरूको अवस्था निकै दयनीय देख्न सकिन्छ । रासस