माछापोखरीमा डुबेर एकजनाको मृत्यु

माछापोखरीमा डुबेर एकजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माछा मार्ने क्रममा पोखरीमा आइतबार डुबेर वेपत्ता हुनुभएका अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय माइकल सोरेनको आज बिहान शव फेला परेको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाको घरमा कामदारका रुपमा बस्दै आउनुभएका सोरेन आइतबार माछापोखरीमा डुबेर वेपत्ता हुनुभएको थियो ।

नगरप्रमुखको घरदेखि २० मिटर पश्चिममा रहेको माछापोखरीमा माछा मार्ने क्रममा उहाँ बेपत्ता भएलगत्तै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले खोजी गरेको थियो । उहाँको शव उद्धार टोलीले आज बिहान मात्रै पोखरीमै फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो । सोरेनको शव परीक्षणका लागि मेची अस्पताल पठाइएको छ । उहाँ नगरप्रमुखको घरमा पाँच वर्षदेखि स–परिवार बस्दै आउनु भएको थियो । उहाँका श्रीमती, एक छोरी र दुई छोरा छन् ।