बौैद्धिक अपाङ्गता भएकालाई आशा जगाइँदै

बौैद्धिक अपाङ्गता भएकालाई आशा जगाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बौद्धिक अपाङ्गता भएकाहरुले महोत्तरीको बर्दिबासमा पढ्न पाउने भएका छन् ।

वौद्धिक अपाङ्गता भएकाहरुका लागि आज बर्दिबास–२ मा पठनपाठनका लागि ‘आशा विशेष पाठशाला तथा पुनःस्थापना केन्द्र’ को भवन निर्माण कार्यको शिलान्यास भएको छ । रु चार करोड लागतमा बन्ने आठ कोठे आवासीय भवन र पर्खाल निर्माण कार्यको बर्दिबास नगरप्रमुख विदुरकुमार कार्कीले शुभारम्भ गर्नुभयो ।

वौद्धिक अपाङ्गता भएका हरुको शैक्षिक विकासका लागि काम गर्दै आएको सी आशा फाउण्डेशनले प्रदेश–२ सरकार र स्थानीयतहको सहयोगमा निर्माण कार्य थालेको हो । पाठशाला निर्माणका लागि बर्दिबास नगरपालिकाले जग्गा उपलब्ध गराएको छ । पहिलो चरणमा चारैतिर पर्खाल ठड्याएर दोश्रो चरणमा भवन निर्माणको काम थालिने फाउण्डेशनका अध्यक्ष कैलाश न्यौपानेले शिलान्यास समारोहमा जानकारी दिनुभयो ।

आउने अर्को वर्षको शैक्षिक सत्र (२०७९) देखि वौद्धिक अपाङ्गता भएका हरुको पठनपाठन शुरु गरिने तालिका छ । जम्मा १०० वौद्धिक अपाङ्गता भएका हरुका लागि आवास, भोजन, स्वास्थोपचार र अन्य पठनपाठनसँग सम्वन्धित सुविधासहित पाठशाला सञ्चालन गर्न लागिएको फाउण्डेशनले जनाएको छ । आपूmहरुको उद्देश्य वौद्धिक अपाङ्गता भएका हरुलाई शिक्षा, सीप र आत्मविश्वास बढाएर नयाँ आशा जगाउनु रहेको फाउण्डेशनका संस्थापक आयना न्यौपानेले बताउनुभयो ।