अनेकौं आक्रमण झेलेर पनि विकास र सुशासनको यात्रा बढिरहेको छ : प्रधानमन्त्री

अनेकौं आक्रमण झेलेर पनि विकास र सुशासनको यात्रा बढिरहेको छ : प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरबाटै झापाको गौरादहन गरपालिका –६ स्थित डोरामारी माध्यमिक विद्यालय भवनको आज भर्चुअलरुपमा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्ला तीन वर्षमा मुलुकले काम गर्न सक्ने सरकारको परिचय दिएको बताउनुभयो । उहाँले मुलुकलाई ताजा जनोदशमा जान नदिने र पार्टीभित्रै बाट भाँजो हाल्ने प्रयासविरुद्ध लडेर पनि सरकार समृद्धिका लक्ष्यमा प्रतिबद्ध भएको स्पष्ट गर्नुभयो । रासस