व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी वितरण

व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भेरी नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी वितरण गरेको छ । दूध पकेट क्षेत्र विस्तार र किसानको आय बढाउन अनुदानमा उन्नत जातका भैँसी वितरण गरिएको हो ।

वडा नं १३ रोकायगाउँमा ५० प्रतिशतभन्दा माथि क्रस वर्णशङ्कर (मुर्रा) जातको ब्याउने भैँसी वितरण गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । दूध पकेट क्षेत्र बनाउने गरी भैँसीपालन पकेट क्षेत्र निर्माण गर्न भैँसी वितरण गरिएको उहाँले बताउनुभयो । नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ चार समूहमा रु ४८ लाखभन्दा बढीका क्रस मुर्रा जातका भैँसी वितरण गर्ने कार्यक्रम रहेको नगरप्रमुख घर्तीले जानकारी दिनुभयो ।

मङ्गलबार १० किसानलाई क्रस मुर्रा जातको भैँसी वितरण गरिएको नगरपालिकाले यही असार २३ गतेसम्म बाँकी रहेका तीन भैँसीपालन कृषक समूहमा वितरण गरिसक्ने जनाएको छ । नगरपालिकाको ८० प्रतिशत अनुदानमा क्रस मुर्रा जातको भैँसी वितरण गरिएको हो ।