‘प्रधानमन्त्री बनाउन दलको समर्थन चाहिँदैन’

‘प्रधानमन्त्री बनाउन दलको समर्थन चाहिँदैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धार ७६ (५) अनुसार प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभा सदस्यलाई दलको समर्थन नचाहिने बताउनुभएको छ ।

“७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि राजनीतिक दल नभई प्रतिनिधिसभा सदस्यको समर्थन हो भनेको हो”, उहाँले भन्नुभयो । धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा देउवालाई समर्थन प्रात १४९ जना दल नभई सभाका सदस्य रहेको उहाँले बताउनुभयो ।

सोहीअनुसार १४९ सांसदको हस्ताक्षरसहित दाबी पेश गर्ने देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरिनु असंवैधानिक भएको जिकिर गर्दै उहाँले भन्नुभयो, “राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको अधिकार प्रयोग गर्ने होइन संविधानको दिएको कर्तव्य निर्वाह गर्ने हो, देउवाको दाबी पुगेन भन्ने अधिकार राष्ट्रपतिलाई होइन संसद्लाई छ ।”