मोटरसाईकलबाट खसेर युवाकको मृत्यु

मोटरसाईकलबाट खसेर युवाकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा मोटरसाइकलबाट खसेर एकजना युवकको मृत्युभएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका १७ वर्षीय अर्जुन कुँवर रहेका छन् ।

मोदीबाट कुश्मातर्फ आउँदै गरेको ग२०प २३०५ नंको मोटरसाइकल खरेहामा आइपुग्दा डिभाइडरमा बिहीबार ठोक्ँिकदा पछिल्लो सिटबाट खसेका कुँवर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा आज बिहान गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।