दलित भनेर गर्बवती बुहारीलाइ घरबाट निकालियो, गाउँलेहरु यो सबै झुट आरोप हो भन्दै उर्लिए, सत्य के हो (भिडियो सहित)

दलित भनेर गर्बवती बुहारीलाइ घरबाट निकालियो, गाउँलेहरु यो सबै झुट आरोप हो भन्दै उर्लिए, सत्य के हो (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । केहि समय अगाडी बलराम कट्टेल नाम गरेका युवा संग प्रेम बिबाह गरेकी २१ बर्षिय तुलसा लोहार अहिले बिजोक अवस्थामा छिन । झापाको साल्बारी माइती भएकी तुलसालाइ दलित भनेर उनका प्रेमी र परिवारले निकालेको भन्दै मिडियामा आएकी छिन । झापा हल्दिबारी घर भएकी तुलसा लोहारलाइ प्रेम गरेर बलराम कट्टेलले घर लगे, तर घर पुराएको १० दिन नबित्तै दलित केटिलाइ यहाँ किन राखेको भन्दै सबै आफन्त भेला भएर घर बाट निकालेको उनको भनाइ छ । त्यस पछि बलराम र तुलसा एउटा कोठा खोजेर डेरामा बस्न थाले ।

८ महिना बसिसकेपछि उनका श्रीमान बलराम कट्टेल पनि उनलाई छोडेर फरार भएको उनले बताएकी छीन । श्रीमानले छोडेर हिन्दा उनि ८ महिनाको गर्बवती अवस्थामा रहेको बताइन । उनका अनुसार परिवारले नै श्रीमानलाइ पनि फकाएर छोडन बाध्य पारेको बताइन । अहिले उनि माइतमा बसेकी छिन र १ महिनाको नानि पनि उनका साथ्मा छ तर श्रीमान अहिले सम्म सम्पर्क बिहिन भएकाले न्याय खोज्दै मिडियामा छिन । गाउँलेहरु भने उनलाई जातिय विभेद नगरेको बताउछन ।

भिडियो यहाबाट हेर्नुहोस ।

असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा २४ वर्षीया विकको मृत्यु

जाजरकोट, १२ असार । ठूलीभेरी नगरपालिका –६ दुरगाउँ डोल्पाकी २४ वर्षीया आतमाया विकको असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु भएको छ । स्वास्थ्य संस्था नगई घरमै असुरक्षित रुपमा सुत्केरी हुनुभएकी विकको शिशु जन्मिनेबित्तिकै अत्यधिक रक्तस्रावका कारण आज बिहान मृत्यु भएको स्थानीयवासी लक्ष्मीचन्द्र कार्कीले जानकारी दिनुभयो । शिशुको स्वास्थ्य अवस्था राम्रो भए पनि दूधको अभावमा समस्या भएको उहाँले बताउनुभयो । सदरमुकाम दुनैभन्दा पाँच घण्टा पैदल दूरीमा दुरगाउँ रहेको छ । अघिल्लो वर्ष पनि यही ठाउँमा सुत्केरीको मृत्यु भएको थियो ।

अरुलाई सुरक्षा दिने प्रहरी आफैँ असुरक्षित

सदरमुकाम नजिकै पर्ने जयपृथ्वी नगरपालिकास्थित देवल विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन् । नगरपालिकाको कार्यालय तथा देवल विमानस्थल रहेकोे स्थानको विमानस्थल सुरक्षा गार्डको भवन जीर्ण हुँदा त्यहाँ कार्यरत प्रहरीहरु त्रासैत्रासमा रात बिताउँदै आएका छन् ।

वर्षा याममा भविभित्रै पानीको भेलले रात बिताउन सकस हुने गरेको विमानस्थलको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक सुन्दरसिंह धामीले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बर्खा लाग्ने बितिकै चुहिने, तथा हावा लागेको बेला ढुङ्गा खस्ने डर लाग्छ । सामान्य वर्षा हुँदा पनि पानी चुहिने ठाउँमा थाल, कचौरा समातेर बस्नुपर्छ । पानीले ओछ्यान भिजेर सुत्न सकिंदैन । तीन÷चार दिनसम्म चिसै लुगा लगाउनुपर्ने बाध्यता छ । पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ ।”

जनताको सुरक्षा गर्ने प्रहरी आफैँ असुरक्षित अवस्थामा रहनु परेको उहाँको भनाइ छ । भवनको भित्ताबाट माटो र कुहिएको काठ खस्ने गरेको उहाँ बताउनुहुन्छ । बेलाबेला विषालु सर्पभित्रै आउने हुँदा राति निदाउन नसकिने प्रहरी जवान गोविन्दप्रसाद जोशीले थप्नुभयो । उहाँ भन्नुहुन्छ, “मुसाले प्रहरीको युनिफर्म काटिदिनु सामान्य जस्तै भइसकेको छ । हावाहुरी आउँदा घरसँगै उडाउने चिन्ता लाग्छ ।” भान्सामा पानी भरिभराउ हुँदा खाद्यान्न बिग्रने गरेको छ । भवनमा झ्याल नहुँदा जाडोमा चिसोले सताउँछ ।”

विमानस्थलमा कार्यरत प्रहरीलाई बाढी, पहिरो, सर्पको मात्र त्रास होइन, उनीहरूले क्षमताभन्दा दोब्बर काम गर्नुपर्ने अर्को समस्या पनि छ । विमानस्थल, सिमखेत चेक पोष्ट, र पाँच वटा वडा हेर्नुपर्ने बाध्यता छ । विमानस्थल सुरक्षाको लागि १५ जनाको दरबन्दी रहेको भएपनि हाल ११ जना कार्यरत रहेका छन् । एकातर्फ विमानस्थलको डिउटी गर्नुपर्ने, अर्कातर्फ वडा नं ५, ६, ७, ८ र ९ को शान्ति सुरक्षा हेर्नुपर्ने हुँदा भ्याइ नभ्याइ हुन्छ । गाउँहरुमा कतै झैझगडा भएमा वा प्राकृतिक विपद् भएमा तुरुन्तै पुग्नु पर्ने बाध्यता रहेको छ ।

विमानस्थलकै प्रहरीले नगरपालिकाको सिमाना तमैल बजारसम्म हेर्नु पर्ने बाध्यता रहेको छ । बर्खा याममा पानी परेको बेला ग्रामीण सडकमा गाडी नजाने र गाउँहरु छरिएकाले हिडेर जानुपर्ने भएकाले तथा प्रहरी जनशक्ति कम भएको प्रनानि धामीले बताउनुहुन्छ । भौगोलिक विकटताका कारण सुरक्षा दिन कठिन हुने गरेको उहाँको भनाइ छ । देवल विमानस्थल सुरक्षा समितिले जीर्ण भवनको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएको भएपनि अहिलेसम्म कुनै जानकारी नआएको जानकारी दिएको छ ।

जिल्लाभरिका लागि ३७४ जनाको दरबन्दी रहको भए पनि दरबन्दी अनुसारका प्रहरी छैनन् । अहिले ३४३ जना मात्र कार्यरत रहेकाले प्रहरी व्यवस्थापनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जनशक्ति कम र भूगोल तथा छरिएका बस्ती भएकाले सुरक्षा व्यवस्था मिलाउन समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । उहाँले विमानस्थल सुरक्षाको लागि थप प्रहरी टोलीको व्यवस्थापन गर्न आवश्यक महशूस भएपनि बस्ने बासस्थानको उचित व्यवस्थापन नहुँदा प्रहरीको सङ्ख्या थप्न नसकेको बताउनुभयो । रासस