यसअघि पटकपटक स्थगित भएको नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दै

यसअघि पटकपटक स्थगित भएको नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ । यसअघि पटकपटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ ।रासस

यो पनि पढ्नुहोस

अदालतले संविधानको व्यवस्थाअनुसार फैसला गर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वाेच्च अदालतले संविधानको व्यवस्थाअनुसार नै फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ । विपक्षी दलहरूको गठबन्धनले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँग अन्तरक्रियामा उहाँले अदालतले प्रधानमन्त्री बनाउने नभइ संविधानको अन्तिम व्याख्या गर्ने अधिकार भने अदालतलाई नै रहेको बताउनुभयो ।

राष्ट्रपतिको आह्वानअनुसार नै आफूहरुले संविधानको व्यवस्थाबमोजिम १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेको तर राष्ट्रपतिले हस्ताक्षर बारे नसोधी नबुझी मन्त्रिपरिषद्को सिफारिसमा अपर्झट राति नै संसद् भङ्ग गर्नुभएको भन्दै सभापति देउवाले दुखेसो गर्नुभयो । त्यस्तो गम्भिर विषयमा सबै दललाई बोलाएर आवश्यक छलफल गर्नुपर्ने राष्ट्रपतिको कर्तव्य रहेको उहाँको कथन थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विपक्षी दलहरूको गठबन्धन कुनै स्वार्थमा नभइ संविधान र लोकतन्त्रको रक्षा तथा राष्ट्रिय हितका मुद्दामा आधारित भएर निर्माण भएको स्पष्ट पार्नुभयो । उहाँले संविधानको व्यवस्थाअनुसार संसद् पुनःस्थापना र बुहमतका आधार नयाँ सरकार गठनको माग गरेको अवगत गराउनुभयो । अध्यक्ष दाहालले पनि संविधानको व्यवस्थाअनुसार संसद्को पुनःस्थापना र आफ्नो मुद्दाको पक्षमा फैसला हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्का पूर्व प्रधानमन्त्री एवं नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको जानकारी दिँदै गठबन्धनका तर्फबाट अदालतमा विचाराधिन मुद्दाको फैसला नहुन्जेलसम्म हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पार्नुभयो । साथै उहाँले आवश्यक प्रक्रिया पूरा नगरी संवैधानिक निकायमा गरिएको नियुक्त गलत रहेको टिप्पणी समेत गर्नुभयो । नेता नेपालले संविधानको परिपालना, लोकतन्त्रको रक्षा र जनताको हितका लागि आफूहरूले आवाज उठाएको बताउँदै गठबन्धनले जनताका वतर्मान समस्या समाधानमा पनि कार्यकर्ता परिचालन गरिरहेको अवगत गराउनुभयो । रासस