टिकटकमा भाइरल ७० बर्षिय आमाको घरमा पुग्दा जे भयो, बुढेसकालमा टिकटकले जगायो कलाकारिता (भिडियो)

टिकटकमा भाइरल ७० बर्षिय आमाको घरमा पुग्दा जे भयो, बुढेसकालमा टिकटकले जगायो कलाकारिता (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । अहिले पुरै बिश्वभर सामाजिक सन्जाल टिकटकले आफनो एउटा छुट्टै अस्तित्व बनाएको छ जसरी फेस्बुकले बनाएको छ । टिकटक बिना अहिले मानिसहरु सायद नहेरी नसुनी बस्न पनि सक्दैनन जसतो लाग्छ । हो यस्को क्रेजमा नेपाल पनि कहा पछि छ र नेपालमा पनि यसका लाखौ प्रशंसकहरु छन, लाखौले चलाउने गर्छन र लाखौ लाखौ हेराई हुन्छ एकदिनमा । आज हामी त्यस्तै एउटा चर्चित नेपाली टिकटकरको बारेमा कुरा गर्दैछौ ।

बुढेसकालमा पनि मान्छेहरुको यतिसम्मको कला हुदोरहेछ भनेर सबै चकित छन, उनलाई देख्दा कसैले पनि पत्याउदैनन कि यिनले यतिसम्म गर्न सक्छिन भनेर । ७० बर्षि यि आमा काठमाडौमा नाती र बुहारीस“ग बस्छिन तर बुढेसकालमा यिनले गरेको कमेडीले अहिले टिकटकमा करौडोले यिनलाई चिन्छन । एउटै भिडियोको १ करोड ५० लाखसम्म भिउज जादा आमा अचम्मित छिन । चित्र कुमारी अधिकारीले आफना नाती सुुबाश अधिकारी र बुहारी लक्ष्मी भट्ट अधिकारीको नामबाट टिकटक बनाउछिन । हेरौ यो रमाइलो कुराकानी ।

०००

कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको

कर्णाली, १३ असार । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ ।

कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा सङ्क्रमण पुष्टि भएको विज्ञप्ति स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको सार्वजनिक गरेको छ । कूल सङ्क्रमितमा २५ हजार १२९ अर्थात् (९१ प्रतिशत)ले कोरोना जितेर घर फर्केको निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो ।

“पछिल्लोे दुई सातायता कोरोना सङ्क्रमण दर ओरालो लागेको छ । अहिले सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्दै गएको छ”, निर्देशक डा खड्काले भन्नुभयो, “नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण गत वैशाख १० गतेयता बढेको त्रासदी पनि कम हुँदै गएको छ । यसले सङ्क्रमण जित्नेको आत्मबल बढेको पाएका छौँ ।”

आइसोलेशनमा बस्ने दुई हजार सङ्क्रमितको सङ्ख्या घटेर एक हजार २३० मा पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार मृत्युको सङ्ख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना पुष्टि भएको र सङ्क्रमणबाट तीन व्यक्तिको मृत्यु भएसँगै हालसम्म यो प्रदेशमा ३०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

कोरोना महामारीबाट यो प्रदेशमा सबैभन्दा ठूलो क्षति सुर्खेतलाई पुगेको छ । सुर्खेतमा हालसम्म १७७, सल्यानमा ५०, रुकुमपश्चिममा २९, दैलेखमा २२ र जुम्लामा आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । रासस