गाडिएको अवस्थामा २५ दिनपछि फेला प¥यो सुजिताको अवशेष

गाडिएको अवस्थामा २५ दिनपछि फेला प¥यो सुजिताको अवशेष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जलेश्वर, १३ असार । महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा गाउँमा ह’त्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । परिवारजनले गत जेठ २० गते बिहान घरबाट हराएको भनिएको स्थानीय मुकेश ठाकुरकी पत्नी सुजिता ठाकुरको शव ह’त्या गरी गाडिएको अवस्थामा आज फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार भ्रमरपुरा गाउँको मनरहीया वनमा रहेको पतिराम ठाकुर (मृतकका ससुरा) को खेतमा गाडिएको अवस्थामा शवका अवशेष फेला परेका हुन् । गत १९ गते राति नै ह.त्या गरी ससुरा पतिराम, देवर रुपेश र पति मुकेशले उनको शव घरभन्दा करीब ३ किलोमिटर पूर्व दक्षिणमा रहेको मनरहिया वन नजिकको खेतको पश्चिम उत्तर कुनामा गाडिएको प्रहरीले जनाएको छ । आज २५ दिनपछि सुजिताको शवका अवशेषहरू फेला परेको हो ।

राष्ट्रिय समाचार समिति(रासस)सहित अन्य मिडियामा महिला हराएको र ह’त्याको आश’ङ्का गरिएको समाचार व्यापकरूपमा आएको तथा मृतकका माईती पक्षले मानवअधिकार आयोग, महिला आयोग, मधेशी आयोगलगायत स्थानहरूबाट शव उत्खनन् गर्न दबाब दिएपछि प्रहरीले आज उक्त स्थानमा उत्खनन् गर्दा खाल्डोमा मृतकको कपाल, प्लाष्टिकको डोरी, रगत, केमिकल र नुन मिसिएको माटो, तन्ना, महिलाले लगाएको लुगा फेला परेको छ । घटनाको २५ दिन बित्तिसक्दा उनको शरीरको मासु गलिसकेको र केही अवशेषहरू मात्रै फेला परेका हो ।

जिल्लाकै पिपरा गाउँपालिका–६ रतौली माईती रहेको सुजिताकी आमा सुनिता पाण्डेय, बुवा कामेश्वर पाण्डे, दाजु जितेन्द्र पाण्डे, भाइ शिवम पाण्डेले ससुराली पक्षले सुजिताको ह’त्या गरी मनरहिया वनमा गाडेकाले उत्खनन र जाँच गरिदिन प्रहरी चौकी भ्रमरपुरा, ईलाका प्रहरी कार्यालय पिपरा र जिल्ला प्रहरी कार्यालयमा दुई साता बढीदेखि धाइरहे पनि प्रहरीले उनीहरूको कुरा नसुनेको बुबा कामेश्वरले आ’रोप लगाउनुभयो ।

उहाँले प्रहरीहरूलाई आफूहरू छोरीको ह’त्या भएको भन्न जाँदा प्रहरीहरूले तिम्रो छोरीको अरुसँग नराम्रो सम्बन्ध रहेको र अरुसँग भागेको जस्ता अ’श्लिल शब्द प्रयोग गरी गा’ली गर्दै सहयोग नगरेको समेत आ’रोप लगाउनुुभयो । सामाजिक अभियन्ता सरोज रायको पहलमा दुई दिनदेखि जिल्ला प्रहरी, प्रदेश प्रहरी, प्रदेश नं २ को आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र मधेशी आयोगको एक्सनमा आज सुजिताको शव उत्खनन हुन सकेको उनकी आमा सुनिताले बताउनुभयो ।

यसअघि मृतक सुजिताका देवर रुपेशले उनका दाजु जितेन्द्र पाण्डेलाई आफूहरूले सुजितालाई मा.रेको स्वीकार गरेको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल भएको तर प्रहरीले उक्त भिडियोलाई प्रमाण मानेको थिएन र घटनाबारे अनुसन्धान भइरहको तथा सुजिताको खोजी भइरहेको बताएको थियो । रासस