माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिदा तीन जनाको मृत्यु

माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिदा तीन जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरीको कोशी गाउँपालिका–८ मा आज भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी–५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर–९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर–७ का ४० वर्षीय अक्षयकुमार गुप्ता रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको माइक्रोले विपरीत दिशाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उदय, रामप्रसाद र अक्षय गम्भीर घाइते भएका थिए । घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा उपचारको क्रममा तीनै जनाको मृत्युभएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका माइक्रोका चालक नुवाकोट बिदुर नगरपालिका–१३ का ३५ वर्षीय विवस तामाङ् र सह–चालकको २५ वर्षीय नारायण बत्सयालको विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका तीन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ ।

यो पनि – पछिल्लो २४ घण्टामा थप १,९२० मा कोरोना पुष्टि,३४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप एक हजार ९२० जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार जनामा पीसीआर परीक्षण गर्दा एक हजार ३५३ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी ती हजार ८३६ जनामा एन्टिजेन परीक्षण गर्दा ५६७ जनामा गरी जम्मा एक हजार ९२० जनामा सङ्क्रमण भएको हो ।

योसँगै नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जना कोरोना सङ्क्रमित भएका छन् । बितेको २४ घण्टामा उपत्यकामा ४२४ जना सङ्क्रमित थपिएका छन् । घण्टामा थप ३ हजार ७ जना निको भएका छन् । गत २४ घण्टामा कोरोना कारण ३४ जनाको मृत्यु भएको छ ।

यो पनि – पूर्व कुलपति काइँलाको स्वास्थ्यलाभको कामना

नेपाल प्रज्ञा–प्रतिष्ठानले मस्तिष्काघात भई उपचाररत पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यलाभको कामना गरेको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ र सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले विज्ञप्ति जारी गरी उक्त कामना गर्नुभएको हो ।  नेपाली साहित्यमा आयामेली अभियानका हस्ती एवं मुन्धुम दर्शनका व्याख्याता काइँला यही असार १० गते उपचारका लागि चाबहिलस्थित ओम अस्पतालमा भर्ना हुनुभएको थियो ।