जेठानीले आफ्नो श्रीमानलाइ भगाएको भन्दै पर्यो लफडा, नाबालक छोरी परिन बिचमा (भिडियो सहित)

जेठानीले आफ्नो श्रीमानलाइ भगाएको भन्दै पर्यो लफडा, नाबालक छोरी परिन बिचमा (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । सुन्दा अचम्म लाग्दो घटना अहिले झापामा घटेको छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फिर्ता गरेका छन् । श्रीमान विदेशमा हुँदा एकै गाउको युवक संग उनि भागेकी थिइन । अहिले ति पिडित युवतीलाई भगाउने कान्छा श्रीमानले छोडेर फरार भएपछी उनको बिचल्ली भएको हो । बिष्णु ताजपुरिया नाम गरेका युवकले बिभिन्न प्रलोभन देखाएर मलाई बिहे गर्छु भन्दै फकाएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाले भगाएको ७ दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छोडी दिएको तर पुर्ब श्रीमान र गाउलेहरुले त्यहाँ बस्न नदिएपछि उनि बिचल्ली परेकी हुन् । अहिले बिष्णु ताजपुरिया फरार रहेको र सम्पर्क बिहिन भएको उनले बताएकी छिन । बिष्णु ताजपुरियाका २ जना छोराछोरी र श्रीमान विदेश हुँदा भाग्ने युवती बोधिका ताजपुरियाका पनि २ जना साना छोराछोरी छन् । अहिले ति साना नानीहरुको बिजोक भएको छ । आफ्नो श्रीमानलाइ जेठानीले भगाएको भन्दै लफडा परेको छ ।

भिडियो यहाबाट हेर्नुहोस । 

यो पनि – स्वदेशमा नै प्राङ्गारिक खेतीबाट मनग्ये आम्दानी

टिमुरे क्षेत्रका किसानले प्राङ्गारिक खेतीबाट मनग्ये आम्दानी लिन थालेका छन् । गोसाइँकुण्ड गाउँपालिका वडा नं २ टिमुरे खैदी क्षेत्रमा तीन वर्षदेखि तरकारी खेती,च्याङग्रा र चौरीगाई पालन शुरुआत गरिएको थियो । स्थानीयवासी कामीनुर्पु तामाङले स्वदेशमा नै प्राङ्गारिक खेतीबाट मनग्ये आम्दानी हुन थालेको जानकारी दिनुभयो । भिरालो ठाउँको बाँझो जमिनलाई तरकारी खेती तथा पशुपालनमा सदुपयोग गर्दै आएको उहाँले बताउनुभयो । रसुवागढी प्राङ्गारिक कृषि तथा पशुपालन अनुसन्धान केन्द्रको नाममा दर्ता गरिएको निजी कृषिफर्मले वार्षिक रु ८० लाखसम्म आय गर्न थालेको जनाइएको छ ।

कृषि फर्ममा हाल स्थानीय कुखुरा , लौकाट , च्याङग्राको बोका र स्थानीय बोका ,चौरीगाई , याक र स्थानीय जातका गाई रहेका छन् । कृषि उपज तर्फ ब्रोकाउली , बन्दा , काउली , मुला , रायो , आलु ,करू , र चाइनिजले उपभोग गर्ने आठ प्रकारका सागसब्जि रहेका छन् ।व्यापारिक नाका क्षेत्रमा भएकाले उत्पादित कृषि उपज स्थानीय स्तरमै खपत हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सो फर्ममा वार्षिक ७० हजार केजी आलु एवं ५० हजार केजी भन्दा बढी करू समेत उत्पादन हुनथालेको छ । गतवर्ष मात्र सो कृषिफर्मले आलु र चीजबाट मात्र रु २५ लाख आय गरेको बताइएको छ । उहाँले भन्नुभयो , “स्वदेशमा केही गर्न सकिन्छ । म युवालाई कृषिमा लाग्न आह्वान गर्दछ । ” शिक्षण पेशा छाडेर कृषिमा लाग्नुभएका उहाँ सरकारले कृषि पेशा लाग्नेलाई सहुलियत दरमा ऋण उपलब्ध गराइदिन सुझाव दिनुहुन्छ ।

कौसी खेतीमा रमाउँदै गृहिणीहरु

भरतपुर महानगरपालिका–११ दीपज्योति टोल सुधार संस्था छिरेपछि यतिबेला सबैको घरमाथि तरकारी खेती देख्न सकिन्छ । तरकारी लगाउने जग्गा नभएपछि स्थानीय महिलाहरुले कौसीमा तरकारी खेती गर्दै आएका छन् । बाहिरबाट हेर्दा पनि लोभलाग्दो देखिने गरी दीपज्योति आमा समूहका महिलाहरुले तरकारी खेती गर्दै आएका छन् । स्थानीयवासी सुनिता कार्की आफ्नो फुर्सदको समयमा कौसीमै बिताउँदै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “घरको काम धन्दा सकिएपछि दिन कटाउने बाटो भएको छ । तरकारी किनेर खान पनि परेको छैन ।” कौसीमा तरकारी लगाएदेखि दैनिकी कटाउन र घरका लागि आवश्यक तरकारी पर्याप्त मात्रामा पुग्ने गरेको उहाँले बताउनुभयो ।

विगत एक वर्षदेखि कौसीमा तरकारी लगाउँदै आउनुभएकी कार्की अहिले तरकारी किन्न जाने समय र तरकारी किन्ने पैसाको समेत बचत भएको बताउनुहुन्छ । तरकारी किन्ने पैसा अन्य क्षेत्रमा लगानी गरेको उहाँले जानकारी दिनुभयो । सोही टोलकी विष्णु आचार्यको फुर्सदको समय तरकारी गोड्ने, पानी हाल्ने र मल राख्नेमै बित्छ । उहाँले घरको छतमा तरकारी लगाउनुभएको छ । उहाँको कौसीमा बोडी, काँक्रो, साग, घिरौँला, कागतीलगायतका तरकारी रहेका छन् । उहाँको बिहान बेलुका घरको कामबाहेक अन्य समयमा कौसीमा काम गरेर बित्छ । घरमै उत्पादन भएको प्राङ्गारिक तरकारी खान पाइने र समयको बचत हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारी किन्न जाँदा अन्य सामान पनि किनिने गरेको भए पनि अहिले बजारको तरकारी किन्नु परेको छैन ।”

अर्चना देवकोटा मरहठ्ठाको बिहान बेलुकाको समयले मात्रै आफूलाई पुग्ने तरकारी उत्पादन हुँदै आएको छ । शुरुआतमा केही समस्या हुन्छ कि भन्ने लागेको भए पनि अहिले तरकारी खेती व्यवस्थित गर्न सके आफूलाई आवश्यक पर्ने मात्र नभई थोरै थोरै बिक्री गरेर नुनतेल खानेसम्म पुग्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बजारको तरकारीमा कति विषादी हुन्छ थाहा हुँदैन । आफूले लगाएको ताजा र कम बिषादी प्रयोग भएको तरकारी खान पाइएको छ ।” तरकारीको मौसममा नुन तेल खर्चसमेत तरकारी बिक्री गरेर पुग्ने उहाँको भनाइ छ । अहिले उहाँको कौसीमा बोडी, काँक्रो, खुर्सानी, भिन्डी करेलालगायतका तरकारी खानका लागि तयारी अवस्थामा रहेका छन् । थोरै ठाउँमा भए पनि आफूलाई पर्याप्त तरकारी उत्पादन भएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “बर्सातको समयमा पानी तालियर केही खेती नहुने ठाउँमा कौसीमा तरकारी लगाएर खाँदै आएका छौ ।”

दीपज्योति आमा समूहमा रहेका ४५ महिलाले अहिले तरकारी खेती गरिरहेका छन् । तीमध्ये गत वर्षदेखि गर्दै आएका २५ र अहिले नयाँ शुरु गरेका २० जना रहेको आमा समूहका अध्यक्ष महेश्वरी राईले बताउनुभयो । कौसी खेती गर्न लागेपछि यस टोलका महिलालाई तरकारी किन्न जानुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । “अहिले यहाँका महिला दिदीबहिनीले प्राङ्गारिक मलसमेत आफैँ उत्पादन गर्दै आउनुभएको छ”, उहाँले भन्नुभयो ।

दीपज्योति टोल विकास संस्थाका उपाध्यक्ष शुभद्रा रेग्मी कृषि ज्ञान केन्द्र भरतपुरको ५० प्रतिशत अनुदानमा कौसी खेती कार्यक्रम गरिएको बताउनुहुन्छ । अहिले टोल विकास संस्थामा आबद्ध २०५ घरधुरी रहेको र यी सबै घरमा कौसी खेती पु¥याउने योजनाअनुसार काम अघि बढेको उहाँको भनाइ छ ।

ज्ञान केन्द्रका प्रमुख राजन ढकाल २५ जनाभन्दा बढीको समूह बनाएर आएमा केन्द्रले अनुदान दिने बताउनुभयो । समूहमा आउनेमध्ये प्रतिव्यक्ति रु १० हजारसम्म अनुदानको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । दैनिक उपभोग गर्ने खुर्सानी, धनियाँ जस्ता तरकारी थप उपयोगी हुने उहाँको भनाइ छ । जग्गा खण्डीकरण भएर सानो सानो टुक्रा भइरहेको समयमा यो प्रभावकारी हुने ढकालले बताउनुभयो । यसले हरियाली र घरको सुन्दरता बढाउने उहाँको भनाइ छ । रासस