स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य सामग्री हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्लाका स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने तथा कोरोना न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य संस्थामा आवश्यक उपकरण तथा सामग्री सहयोग गरिएको छ । युएमएनअन्र्तगत थलारा गाउँपालिका, केदारस्युँ, वित्थडचिर, थलारा, मष्टा गाउँपालिका र बुङ्गल नगरपालिका, जिल्ला अस्पताल सिमखेत र सुरक्षाकर्मीलाई समेत स्वास्थ्य सामग्री वितरण गरिएको छ । वितरण गरिएका स्वास्थ्य सामग्रीमा अक्सिजन, पिइपिई सेट, पल्सअक्समिटर, नन्नरिबेथ्रमाक्स, अस्पतालका लागि फोल्डिङ बेड, डसना र घरमा आइसोलेसनमा बस्दा आवश्यक पर्ने सामग्रीलगाएत रहेको युएमएनका बझाङ टिमलिडर ज्योति चपाइँले बताउनुभयो । ती सामग्रीको मूल्य रु १६ लाख ४९ हजार रहेको जनाइएको छ ।  सो अवसरमा जिल्ला अस्पतालका प्रमुख सन्दीप ओखेडाले कोरोना रोकथामका लागि ती सामग्रीले थप सहयोगपुग्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले युएमएनलगायत साझेदारी संस्थाबाट प्राप्त स्वास्थ्य सामग्रीले स्वास्थ्य तथा सुरक्षाकर्मीलाई सेवा पुगेको बताउनुभयो ।

मानव अधिकार रक्षक संजालद्वारा ध्यानाकर्षण पत्र प्रस्तुत

मानव अधिकार रक्षक सञ्जाल बझाङले आइतबार प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोनाका कारण बझाङ जिल्ला पनि प्रभावित भएसँगै ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने व्यक्तिहरु प्रभावित भएकाले कोरोना सङक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने भन्दै १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

मानव अधिकार रक्षक संजालका संयोजक भीम रसाइलीले प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी समक्ष बुझाउनु भएको ध्यानाकर्षण पत्रमा कोरोनाविरुद्धको खोप सबै जनताले लगाउन पाउनुपर्ने, ग्रामीण क्षेत्रमा अझै रुघा, खोकी, ज्वरोका बिरामीहरु धेरै भएकाले परीक्षणको दायरा बढाउनु पर्ने, सरकारले जारी गरेको निशेधाज्ञका कारण ज्याला मजदूरी गर्नेहरु मारमा परेकाले उनीहरुलाई राहतका कार्यक्रमहरु ल्याउने पर्ने, दीर्घ रोगीलाई चाहिने आवश्यक औषधिको आपूर्ति गर्नुपर्ने माग गरिएको छ । अपाङ्गता, जेष्ठ नागरिक, बालबालिका, महिलाको स्वास्थ्य सुरक्षाको स्थानीय तहबाट विशेष पहल गरिनुपर्ने, कालोबजारीका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएकाले बजार अनुगमनलाई तीब्रता दिनुपर्ने, असार पहिलो सातादेखि परेको अविरल वर्षाका कारण भएको क्षतिको विवरण सङ्कलन गरी पीडितलाई राहत लगायतका अन्य सेवाहरुको व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ । मानव अधिकार रक्षक सञ्जाल बझाङको अगुवाइमा जिल्ला खाद्य अधिकार सञ्जाल, जिल्ला गैसस महासङ्घ, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा, फोटो पत्रकार महासङ्घ जिल्ला शाखा र इन्सेक प्रतिनिधिको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएको सञ्जालका संयोजक रसाइलीले बताउनुभयो ।

यो पनि – पर्यटनमन्त्रीद्वारा पदबहाली, पर्यटन प्रवद्र्धनमा जोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले आज मन्त्रालयमा पदबहाली गर्नुभएको छ । मन्त्री श्रेष्ठले पद बहालीको क्रममा कपिलवस्तुस्थित प्राचीन तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षण गर्नका लागि प्राचिन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ अनुसारको संरक्षित स्मारक क्षेत्र घोषणा गर्नका लागि प्रारम्भिक कार्य अगाडि बढाउन पुरातत्व विभागलाई निर्देशन दिने निर्णय गर्नुभएको छ ।

सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको विकासको मुख्य स्तम्भमध्ये महत्वपूर्ण स्तम्भ पर्यटन क्षेत्र भएकाले नेपालको ऐतिहासिक महत्व, समृद्ध संस्कृति, भौगोलिक विविधता तथा प्राकृतिक सौन्दर्यको भरपुर उपयोग गरी पर्यटन प्रवद्र्धनमार्फत पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल वायु सेवा निगममा निरन्तर भइरहेको घाटाको कारण उजागर गरी घाटा मुक्त हुने अवस्था सृजना गरी जनतामा सकारात्मक आशाको सञ्चार गर्न निगमलाई निर्देशन दिनुभयो ।

त्यसैगरी मन्त्रालयमा विद्यमान रहेका तत्कालै समाधान गर्न सकिने समस्या समाधानको कार्ययोजना तयार गर्न समेत मन्त्रीले निर्देशन दिनुभयो । युरोपियन यूनियनको कालो सूचीमा नेपालको हवाई क्षेत्र रहिरहेकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै उक्त कालो सूचीबाट नेपालको हवाई क्षेत्रलाई हटाउन ठोस कार्ययोजना बनाई काम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभयो । उक्त कार्यक्रममा पूर्व पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा पु¥याउनुभएको योगदानको समेत स्मरण गराउनुभयो । कार्यक्रममा मन्त्रालय तथाअन्तर्गतका निकायका प्रमुखहरूको उपस्थिति थियो । प्रधानमन्त्री केपी शर्माओलीले यही असार १० गते मन्त्रिपरिषद्का सदस्यहरूको थप जिम्मेवारी हेरफेरका क्रममा श्रेष्ठालाई पर्यटन मन्त्रालयको पनि जिम्मेवारी दिनुभएको थियो । रासस