घाँस काट्न गएका वृद्ध बेपत्ता, खोजी कार्यमा कुकुरको प्रयोग

घाँस काट्न गएका वृद्ध बेपत्ता, खोजी कार्यमा कुकुरको प्रयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलकोट, १४ असार । बागलुङ जिल्लाको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता हुनुभएको छ । गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो । बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र सोही स्थानबाट हराउनुभएको परिवारले जनाएको छ ।

हँसिया, खुर्पेटो, पानी कागज साथमा घाँस बाँध्ने डोरी र बोक्ने नाम्लो लिएर घरबाट जानुभएका उहाँलाई त्यसयता निरन्तर खोजी कार्य जारी राखिए पनि फेला पार्न नसकिएको स्थानीयवासी बेलुकाजी थापाले जानकारी दिनुभयो । जिल्ला सुरक्षा संयन्त्रको समन्वयमा पोखराबाट कुकुरसहितको प्रहरीको विशेष प्राविधिक टोली झिकाएर शनिबारदेखि खोजी कार्यलाई थप तीव्र पारिएको छ । पोखराबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा ‘रेस्क्यू र क्याकर डग’ सहितको प्राविधिक टोलीले खोजी कार्य थालेको छ । बुढाथोकीले लगाएका कपडा सुँघाएर र उहाँ गएको स्थानलाई पछ्याएर कुकुर परिचालन गरेर खोजी कार्य जारी राखिएको प्रहरी नायब निरीक्षक विक्रमबहादुर थापाले बताउनुभयो । थापाका अनुसार दुई कुकुरले फरक mरक जिम्मेवारीअनुसार काम गर्नेछन् ।

जिल्ला प्रशासन र प्रहरी कार्यालयबबाट समेत प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकसहितको टोली पनि घटनास्थलमा पुगेको छ । पहिलो कुरा अवस्था पत्ता लगाउनु नै रहेको र त्यसपछि मात्रै थप कारणबारे अनुसन्धान अघि बढाइने थापाको भनाइ छ । रासस

पहिरो पीडितलाई प्रशासनको राहत – म्याग्दी, १४ असार । जिल्ला प्रशासन कार्यालय म्याग्दीले हालैको पहिरोबाट घरबास गुमाएका मालिका गाउँपालिकाका पीडितहरुलाई राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु गाउँमै पुगेर पहिरो पिडितलाई राहत वितरण गरेका हुन् । मालिका गाउँपालिकाको निस्कोट, रुम, ओखरबोट, डाँडागाउँ र दरबाङका ३१ घरपरिवारलाई नगद राहत वितरण गरिएको प्रशासनले जनाएको छ ।

पाँच जनासम्म सदस्य भएको परिवारलाई प्रतिपरिवार रु १५ हजार र छभन्दा बढी सदस्य भएका परिवारलाई प्रतिपरिवार रु २० हजारका दरले राहत उपलब्ध गराइएको हो । मालिकामा कुल करिब रु छ लाख वितरण भएको छ । प्रशासनका नायब सुब्बा शिव शर्मा, पूर्ण खत्री, लीला चोखाल, आनन्द रिजाल र इलाका प्रहरी कार्यालय दरबाङका सोमबहादुर रानाको टोलीले राहत वितरणका साथै पहिरोले पु¥याएको क्षति र जोखिमको बारेमा जानकारी लिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको पछिल्लो पटक बसेको बैठकले पहिरोमा घर भत्किएका, पुरिएका, बगेका र क्षति पुगेकाहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो । अन्य पालिकाहरुमा पनि राहत वितरण भइरहेको प्रशासनले जनाएको छ ।