झापाका दुई गाउँपालिकाले जनताको बिजुलीको बिल तिरिदिने

झापाका दुई गाउँपालिकाले जनताको बिजुलीको बिल तिरिदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् । झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताउनुभयो । उक्त विद्युत् शुल्क तिरिदिनका लागि पालिकाले नवौँ गाउँसभाबाट रु २० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले गर्भवतीलाई झापा जिल्लाभरिका अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने समेत बजेटमार्फत घोषणा गरेको छ । यसका लागि पालिकाले रु पाँच लाख रकम विनियोजन गरेको छ ।

यसैगरी कमल गाउँपालिकाले आगामी आर्थिक २०७८/०७९ को बजेटबाट कृषकहरुले सिँचाइमा खपत गरेको बिजुलीको बिल तिरिदिने भएको छ । फागुन, चैत, वैशाख र जेठ महिनामा खेती गर्दा सिँचाइमा लागेको चार महिनाको बिजुलीको बिलको ५० प्रतिशत रकम गाउँपालिकाले तिरिदिने गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो । आकाशे खेतीमा निर्भर किसान र व्यावसायिक खेतीमा लागेका आधुनिक कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले किसानको बिजुलीको बिल तिरिदिने गरी बजेट व्यवस्था गरिएको अध्यक्ष काफ्ले बताउनुभयो ।

झापा गाउँपालिकाले दीर्घरोगीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । सो औषधि खरिदका लागि पालिकाले रु १० लाख रकम विनियोजन गरेको छ । पालिकाले जन्म र मृत्यु संस्कार कार्यक्रमका लागि विगतमा रु दुई हजार सहयोग दिने गरेकोमा यस वर्ष बृद्धि गरी रु १० हजार प्रदान गर्ने गरी रु २० लाख रकम बजेटमा विनियोजन गरेको पालिकाका अध्यक्ष साहले बताउनुभयो । झापा गाउँपालिकाकाले आर्थिक वर्ष २०७८/०७९ का लागि कूल रु ४५ करोड ७४ लाख पाँच हजार ५०० को बजेट पारित गरेको छ । त्यस्तै कमल गाउँपालिकाले आव २०७८/०७९ का लागि कूल रु ७१ करोड ५९ लाख ९३ हजारको बजेट पारित गरेको छ ।

यो पनि – टोखाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी – टोखा नगरपालिकाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी परेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा अधिकांश उजुरी बाटोको विवाद तथा जग्गाको सिमाना मिचिएकोलगायतका छन् । न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले जग्गाको सिमाना विवाद, बाटोको विवाद तथा महिला हिंसासम्बन्धी उजुरी न्यायिक समितिमा पर्ने गरेको राससलाई जानकारी दिनुभयो । यस्तै सम्बन्ध विच्छेद, करारनामा कार्यान्वयन, भत्किएको घर टहरा हटाई जग्गा खाली गरिपाऊँ भन्नेलगायतका उजूरीसमेत पर्ने गरेका छन् । टोखामा आर्थिक वर्ष २०७४/०७५ मा ३१, आव २०७५/०७६ मा ३६, आव २०७६/०७७ मा ३९ र चालु आव २०७७/७८ मा ३४ उजुरी परेका छन् । चालु आवमा परेका ३४ उजुरीमध्ये १७ उजुरी फैसला भइसकेको नगरपालिकाले जनाएको छ ।

टोखाको न्यायिक समितिमा उपप्रमुख डङ्गोलको संयोजकत्वमा गोपीकृष्ण पाठक, चन्द्रप्रकाश श्रेष्ठ, दुर्गाप्रसाद अर्याल र सत्यनारायण डङ्गोल सदस्य रहनुभएको छ । सदस्य अर्याल र डङ्गोल कानूनी सल्लाहकारका रूपमा हुनुहुन्छ । नगरपालिकामा आउने उजुरी सबै लिखितरूपमै आउने गरेको उपप्रमुख डङ्गोलको भनाइ छ । नगरपालिकामा उजुरी आउने क्रम बढेपछि टोखाले प्रत्येक वडामा ‘मेलमिलाप केन्द्र’ स्थापना गर्ने भएको छ । टोखाको बुधबार सम्पन्न नवौँ नगरसभामा नगरप्रमुख प्रकाश अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलमिलाप केन्द्रमा आवश्यक जनशक्तिलाई तालिम प्रदान गर्ने कार्यक्रम अगाडि सार्नुभएको हो ।

विसं २०७४ पुस २७ मा स्थापना भएको टोखाको न्यायिक समितिमा मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार इजलास बस्दै आएको छ । सोमबार बस्ने इजालसका लागि आइतबार उजुरीको अध्ययन गर्दै आएको टोखाले जनाएको छ । मुद्दाको आवश्यकता हेरेर इजलास बस्ने दिन पनि बढाइने गरेको उपप्रमुख डङ्गोलले बताउनुभयो । नगरपालिकाले कार्यविधि ऐन, २०७५ अनुसार न्याय दिँदै आएको छ । टोखा नगरपालिकामा ११ वडा छन् । रासस

यो पनि – प्रतियोगिताको दाबेदार पोर्चुगललाई हराउदै बेल्जियम युरोकपको क्वाटरफाइनलमा (खेलको पुरा हाईलाइट हेर्नुहोस)

काठमाडौं, १४ असार। प्रतियोगिताको दाबेदार टिम पोर्चुगललाई हराउदै बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार मध्ये राती भएको खेलमा थ्रोगन हेजार्डको निर्णायक गोलको मद्दतमा बेल्जियमले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनल पुगेको हो । गएराति भएको अन्तिम १६ को खेलमा २०१६ को विजेता पोर्चुगललाई हराउदै बेल्जियम क्वाटरफाइनलमा पुग्दा पोर्चुगल पहिलो पटक युरोकपको क्वाटरफाइनल पुग्न असफल भएको थियो ।

बेल्जियमसंगको हारसंगै दाबेदार मानिएको डिफेन्डिङ च्याम्पियन पोर्चुगल  प्रतियोगिताबाट बाहिरिएको छ । हेजार्डले पहिलो हाल्फको ४२औं मिनेटमा थोमस मुनिएले दिएको पास लिदै पेनाल्टी एरियाबाहिरबाट शानदार गोल गरेका थिए । पोर्चुगलले खेलको पुरै समय गोल फर्काउने प्रयास गरेपनि असफल रह्यो । समूह चरणको तीनवटै खेलमा गोल गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले बेल्जियमबिरुद्दको खेलमा भने खासै चम्कन सकेनन । बेल्जियमले अब क्वाटरफाइनलमा  इटलीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली एक पटक यूरोकप बिजेता समेत बनिसकेको टिम हो । बेल्जियम र पोर्चुगल बीच भएको खेलको पुरा हाइलाइट यहाँबाट हेर्नुहोस ।

यो पनि – अतिरिक्त समयमा अस्ट्रिया विरुद्द २ गोल गर्दै इटाली पुग्यो क्वार्टरफाइनलमा 

हाल चलिरहेको युरो कप २०२० मा निक्कै रोमान्चक खेलहरु भैरहेका छन । शनिबार मध्ये राती अर्थात आइतबार बिहान भएको अस्ट्रिया र इटाली बीचको खेल निक्कै रोमान्चक रुपमा अन्त्य भएको थियो । अतिरिक्त समयमा गरेको गोलमा इटालीले शनिबार अस्ट्रियालाई २–१ गोल अन्तरले हराउदै युरोकप २०२० को क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको छ । इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे ।

चिसाले ९५औं मिनेटमा पहिलो गोल गरेका थिए भने पेसिनाले १ सय ५औं मिनेटमा दोस्रो गोल गरेका थिए । त्यस्तै ११३औ मिनेटमा अस्ट्रियाका तर्फबाट सासाले एक गोल फर्काएका थिए । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । लगातार ११ खेलसम्म गोल नखाई जित हात पारेको इटलीले १२औं खेलमा गोल खाएको हो। अब इटालीले क्वाटरफाइनलमा आइतबार राती बेल्जियम र पोर्चुगलबीच हुने खेलको विजेतासंग सामना गर्नु पर्नेछ ।

०००

कोरोनाभाइरसको डेल्ट भेरियन्टको महामारी थप फैलिने खतरा: अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन

क्यानबेरा, १२ असार । अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको डेल्ट भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनुपरेको अधिकारीहरुको भनाइ छ । अहिले घोषणा गरिएको लकडाउन अघिल्ला पटकभन्दा कडा गरिने पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी न्यू साउथ वालेस (एनएसडब्लु)मा पनि पाँच जनाभन्दा बढी हिँड्न नपाउने व्यवस्थासहित निषेधाज्ञा लागू गरिएको छ । बाहिरी गतिविधिहरुमा ५० प्रतिशत क्षमताको मात्रै गर्न अनुमति दिइने गरिएको छ । घरभित्र वा बाहिर जहाँ गरिने काममा पनि मास्क अनिवार्य लगाउनुपर्ने र चार वर्गमिटर दूरी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । शनिबार बिहान ६ बजेदेखि शुरु भएको लकडाउन आगामी जुलाई ९ तारिखको मध्यरातसम्म कायम रहने भएको छ । रासस

०००

‘द भ्वाइस अफ नेपाल’को आजको ताजा एपिसोड हेर्नुहोस, कोच दिपको ठाउमा आए गायक राजेश पायल राई (भिडियो)

निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् ।

कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए । जसमध्यबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिन पाउने भएका छन् ।

ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२÷१२ जना भाग्यमानी प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा अघिल्लो सिजन कै कोच निरन्तर रहेका छन् भने तृष्णा गुरुङ नया कोच आएकी छन।

पुरा भिडियो यहाबाट हेर्नुहोस ।