जिल्ला खेलकुद विकास समिति कञ्चनपुरमा कार्यरत विष्णुदत्त भट्टलाई कबड्डीका मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले भट्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । कबड्डीका मुख्य प्रशिक्षक तारा सिंह भाटले उमेर हदका कारण अवकाश पाएपछि पाँच महिनादेखि रिक्त कबड्डीको मुख्य प्रशिक्षक पदमा भट्टलाई नियुक्त गरिएको हो । राखेपले विश्वास गरी दिएको मुख्य प्रशिक्षकको जिम्मेवारीलाई इमानन्दारीपूवर्क निर्वाह गर्ने मुख्य प्रशिक्षक भट्टले बताउनुभयो । “कबड्डी खेलाडी थिएँ । त्यसपछि प्रशिक्षक भएँ । अहिले मुख्य प्रशिक्षक भएको छु”, उहाँले भन्नुभयो, “राखेपले दिएको यो जिम्मेवारीलाई सीप र क्षमताअनुसार इमान्दार भएर पूरा गर्नेछु ।” मुख्य प्रशिक्षक भट्टले कबड्डी खेलको विकास र विस्तारका लागि विद्यालय तहसम्म प्रतियोगिता सञ्चालन गरिने बताउनुभयो ।
विद्यार्थी जीवनदेखि कबड्डी खेल्न थालेका भट्टले तीन वटा एशियाली खेलकुद प्रतियोगितामा भाग लिनुभएको छ । उहाँले सन् १९९० मा बेइजिङ, सन् १९९४ मा हिरोसिसमा र सन् १९९८ मा बैंककको एशियाली खेलकुद प्रतियोगितामा भाग लिनुभएको थियो । यसैगरी उहाँले भारतको कलकत्तामा भएको साफ च्याम्पियन सीप र साग गेममा पाँच पटक भाग लिनुभएको छ । नेपाली राष्ट्रिय कबड्डी टीमको सात वर्ष नेतृत्व सम्हाल्नुभएका उहाँले विसं २०६४ मा कबड्डी खेलबाट सन्न्यास लिनुभएको थियो । मुख्य प्रशिक्षक भट्टले प्रशिक्षकको जिम्मेवारी पाएपछि हालसम्म दुई हजार ५०० खेलाडीलाई प्रशिक्षण दिइसक्नुभएको छ । त्यसमा २०० भन्दा बढी खेलाडीले राष्ट्रियस्तरका प्रतियोगितासम्म खेलेका छन् ।
भीमदत्त नगरपालिका–७ हल्दुखालका भट्टले जनसेवा माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दादेखि नै कबड्डी खेलमा रुचि राख्दै आउनुभएको थियो । विसं २०४३ मा कबड्डी खेलेको दुई वर्षपछि झापामा भएको राष्ट्रिय प्रतियोगितमा सहभागी भएर उहाँ साग गेमका लागि छनोट हुनुभएको थियो । त्यसपछि २०६४ सम्म उहाँले कबड्डी प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो । मुख्य प्रशिक्षक भट्टले कबड्डीको विकासका लागि हल्दुखालमा एकेडेमी सञ्चालन गर्नुभएको छ । उहाँले कबर्ड हलमा कबड्डी प्रशिक्षण केन्द्र निर्माण गरी सञ्चालनमा ल्याउनुभएको छ । जिल्ला खेलकूद विकास समिति कार्यालयका प्रमुख गोपालदत्त भट्ट मुख्य प्रशिक्षक भट्टको लामो अनुभवले कबड्डीको विकास र विस्तारमा सहयोग पुग्ने बताउनुहुन्छ । विसं २०५२ मा सहायक कबड्डी प्रशिक्षक भएका भट्ट २५ वर्षपछि मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको छ । अठार वर्षअघि उहाँ कबड्डीको सहायक प्रशिक्षकमा नियुक्त हुनुभएको थियो ।
यो पनि – प्रतियोगिताको दाबेदार पोर्चुगललाई हराउदै बेल्जियम युरोकपको क्वाटरफाइनलमा (खेलको पुरा हाईलाइट हेर्नुहोस) – काठमाडौं, १४ असार। प्रतियोगिताको दाबेदार टिम पोर्चुगललाई हराउदै बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार मध्ये राती भएको खेलमा थ्रोगन हेजार्डको निर्णायक गोलको मद्दतमा बेल्जियमले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनल पुगेको हो । गएराति भएको अन्तिम १६ को खेलमा २०१६ को विजेता पोर्चुगललाई हराउदै बेल्जियम क्वाटरफाइनलमा पुग्दा पोर्चुगल पहिलो पटक युरोकपको क्वाटरफाइनल पुग्न असफल भएको थियो ।
बेल्जियमसंगको हारसंगै दाबेदार मानिएको डिफेन्डिङ च्याम्पियन पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ । हेजार्डले पहिलो हाल्फको ४२औं मिनेटमा थोमस मुनिएले दिएको पास लिदै पेनाल्टी एरियाबाहिरबाट शानदार गोल गरेका थिए । पोर्चुगलले खेलको पुरै समय गोल फर्काउने प्रयास गरेपनि असफल रह्यो । समूह चरणको तीनवटै खेलमा गोल गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले बेल्जियमबिरुद्दको खेलमा भने खासै चम्कन सकेनन । बेल्जियमले अब क्वाटरफाइनलमा इटलीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली एक पटक यूरोकप बिजेता समेत बनिसकेको टिम हो । बेल्जियम र पोर्चुगल बीच भएको खेलको पुरा हाइलाइट यहाँबाट हेर्नुहोस ।
यो पनि – अतिरिक्त समयमा अस्ट्रिया विरुद्द २ गोल गर्दै इटाली पुग्यो क्वार्टरफाइनलमा
हाल चलिरहेको युरो कप २०२० मा निक्कै रोमान्चक खेलहरु भैरहेका छन । शनिबार मध्ये राती अर्थात आइतबार बिहान भएको अस्ट्रिया र इटाली बीचको खेल निक्कै रोमान्चक रुपमा अन्त्य भएको थियो । अतिरिक्त समयमा गरेको गोलमा इटालीले शनिबार अस्ट्रियालाई २–१ गोल अन्तरले हराउदै युरोकप २०२० को क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको छ । इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे ।
चिसाले ९५औं मिनेटमा पहिलो गोल गरेका थिए भने पेसिनाले १ सय ५औं मिनेटमा दोस्रो गोल गरेका थिए । त्यस्तै ११३औ मिनेटमा अस्ट्रियाका तर्फबाट सासाले एक गोल फर्काएका थिए । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । लगातार ११ खेलसम्म गोल नखाई जित हात पारेको इटलीले १२औं खेलमा गोल खाएको हो। अब इटालीले क्वाटरफाइनलमा आइतबार राती बेल्जियम र पोर्चुगलबीच हुने खेलको विजेतासंग सामना गर्नु पर्नेछ ।
०००
कोरोनाभाइरसको डेल्ट भेरियन्टको महामारी थप फैलिने खतरा: अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन
क्यानबेरा, १२ असार । अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको डेल्ट भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनुपरेको अधिकारीहरुको भनाइ छ । अहिले घोषणा गरिएको लकडाउन अघिल्ला पटकभन्दा कडा गरिने पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यसैगरी न्यू साउथ वालेस (एनएसडब्लु)मा पनि पाँच जनाभन्दा बढी हिँड्न नपाउने व्यवस्थासहित निषेधाज्ञा लागू गरिएको छ । बाहिरी गतिविधिहरुमा ५० प्रतिशत क्षमताको मात्रै गर्न अनुमति दिइने गरिएको छ । घरभित्र वा बाहिर जहाँ गरिने काममा पनि मास्क अनिवार्य लगाउनुपर्ने र चार वर्गमिटर दूरी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । शनिबार बिहान ६ बजेदेखि शुरु भएको लकडाउन आगामी जुलाई ९ तारिखको मध्यरातसम्म कायम रहने भएको छ । रासस
०००
‘द भ्वाइस अफ नेपाल’को आजको ताजा एपिसोड हेर्नुहोस, कोच दिपको ठाउमा आए गायक राजेश पायल राई (भिडियो)
निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् ।
कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए । जसमध्यबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिन पाउने भएका छन् ।
ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२÷१२ जना भाग्यमानी प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा अघिल्लो सिजन कै कोच निरन्तर रहेका छन् भने तृष्णा गुरुङ नया कोच आएकी छन।
प्रतिक्रिया