व्यावसायिक कृषक समूहलाई ब्याड बोका वितरण

व्यावसायिक कृषक समूहलाई ब्याड बोका वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खाद्य तथा पोषण सुरक्षा आयोजना कलष्टर एकाइले मासुको उत्पादन बढाउनका लागि व्यावसायिक कृषक समूहलाई अनुदानमा उन्नत जातका ब्याड बोका वितरण गरेको छ । एकाइले दुई स्थानीय तहलाई मल्टिप्लाई हर्ड स्थापना गर्ने कार्यक्रमअन्तर्गत उन्नत जातका ब्याड बोका वितरण गरेको कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत दुर्गाप्रसाद पण्डितले जानकारी दिनुभयो । एकाइले गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित हुडीखोला कृषक समूह र धादिङको बेनिघाट रोराङ्ग गाउँपालिकास्थित साततलेदेवी कृषक समूहलाई दुई÷दुई बोयर जातका ब्याड बोका वितरण गरेको उहाँले बताउनुभयो ।

बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरबाट खरीद गरेर ८५ प्रतिशत अनुदानमा चालू आवको कार्यक्रमअन्र्तगत दुई कृषक समूहलाई ब्याड बोका वितरण गरिएको उहाँले जानकारी दिनुभयो । “अनुदानमा उपलब्ध गराइएको ब्याड बोका १६ देखि २५ किलोसम्म तौल रहेका छन्”, कृषि अधिकृत पण्डितले भन्नुभयो, “उमेरका हिसाबले सबै तीनदेखि चार महिनासम्मका हुन्, यो छिटो बढ्ने र तौल बढी हुने भएकाले मासु उत्पादनमा समेत वृद्धि हुन्छ ।” अनुदानमा ब्याड बोका उपलब्ध गराइएका कृषक समूहले अनुदानको सही सदुपयोग भएको वा नभएका बारेमा समेत अनुगमन गरिने उहाँको भनाइ छ । “किसानको आयआर्जन वृद्धिका लागिमात्र नभई मासुलाई उत्पादनमा बढाउँदै मासुमा आत्मनिर्भर बनाउनका लागि यो कार्यक्रम प्रभावकारी छ”, पण्डितले भन्नुभयो, “कृषकले अनुदानसहित सदुपयोग गरे सरकारको लक्ष्य पनि पूरा हँुदै जानेछ, कृषक पनि बिस्तारै आत्मनिर्भर बन्दै जानेछन् ।”

एकाइले उन्नत जातको ब्याड बोका लगाएपछि कृषक समूहमा भएका परिवर्तनलगायतका विषयमा रेर्कडसमेत राख्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत एकाइले खोर निर्माण, घाँसको बीउ वितरण, दाना व्यवस्थापनलगायत कार्यबाट किसानलाई सहजीकरण गर्दैै आएको छ ।

यो पनि – झापाका दुई गाउँपालिकाले जनताको बिजुलीको बिल तिरिदिने – झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् । झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताउनुभयो । उक्त विद्युत् शुल्क तिरिदिनका लागि पालिकाले नवौँ गाउँसभाबाट रु २० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले गर्भवतीलाई झापा जिल्लाभरिका अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने समेत बजेटमार्फत घोषणा गरेको छ । यसका लागि पालिकाले रु पाँच लाख रकम विनियोजन गरेको छ ।

यसैगरी कमल गाउँपालिकाले आगामी आर्थिक २०७८/०७९ को बजेटबाट कृषकहरुले सिँचाइमा खपत गरेको बिजुलीको बिल तिरिदिने भएको छ । फागुन, चैत, वैशाख र जेठ महिनामा खेती गर्दा सिँचाइमा लागेको चार महिनाको बिजुलीको बिलको ५० प्रतिशत रकम गाउँपालिकाले तिरिदिने गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो । आकाशे खेतीमा निर्भर किसान र व्यावसायिक खेतीमा लागेका आधुनिक कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले किसानको बिजुलीको बिल तिरिदिने गरी बजेट व्यवस्था गरिएको अध्यक्ष काफ्ले बताउनुभयो ।

झापा गाउँपालिकाले दीर्घरोगीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । सो औषधि खरिदका लागि पालिकाले रु १० लाख रकम विनियोजन गरेको छ । पालिकाले जन्म र मृत्यु संस्कार कार्यक्रमका लागि विगतमा रु दुई हजार सहयोग दिने गरेकोमा यस वर्ष बृद्धि गरी रु १० हजार प्रदान गर्ने गरी रु २० लाख रकम बजेटमा विनियोजन गरेको पालिकाका अध्यक्ष साहले बताउनुभयो । झापा गाउँपालिकाकाले आर्थिक वर्ष २०७८/०७९ का लागि कूल रु ४५ करोड ७४ लाख पाँच हजार ५०० को बजेट पारित गरेको छ । त्यस्तै कमल गाउँपालिकाले आव २०७८/०७९ का लागि कूल रु ७१ करोड ५९ लाख ९३ हजारको बजेट पारित गरेको छ । रासस