भोकाको आँसु पुछ्दै नायक पल शाह ( तश्विर हेर्नुहोस)

भोकाको आँसु पुछ्दै नायक पल शाह ( तश्विर हेर्नुहोस)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विदेशमा बस्ने नेपालीले पठाएका सहयोग कलाकार नायक पल शाहले महोत्तरीको अति विपन्न मुसहर बस्तीमा पु¥याउनुभएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले संयुक्त अरब इमिरेट्सबाट पठाएका सहयोग कलाकार शाहले महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुरस्थित अति विपन्न मुसहर बस्तीमा पु¥याउनु भएको हो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण रोजगारी गुमाएर भोकभोकै बस्न बाध्य भएका सो बस्तीका १०० घर मुसहरले आइतबार कलाकार शाहबाट खाद्यान्न राहत पाएका हुन् । कलाकारले शाहले प्रतिपरिवार चामल २० किलोग्राम, दाल एक किलोग्राम, खानेतेल एक लिटर, नुन एक किलो, हातधुने साबुन–२ वटा, सेनिटाइजर तथा मास्कलगायत स्वास्थ्य सामग्रीसहितको राहत पोका उनीहरुलाई वितरण गर्नुभयो ।

गौशाला नगरपालिका–१० भरतपुरस्थित अति विपन्न मुसहर बस्तीमा राहत बढ्दै नायक पल शाह । तश्विर: पल शाहको फेसबुकबाट

दुबईमा बस्ने दाई आशिष पुरुषसहितका सहयोगी मनले महाव्याधिको चपेटामा परेर खानै मुश्कील परेकालाई तत्काल आँसु पुछी दिन गरेका अनुरोधसहितको सहयोग रकमबाट राहत वितरण गरिएको कलाकार शाहले स्पष्ट पार्नुभयो । भोकले स—साना नानी रुँदा नसुनेजस्तो गरेर मुण्टो फर्काउनु पर्ने अवस्था अब केही दिनलाई हराएको राहत पाउने मुसहरले बताएका छन् । “हामी भोकभोकै थियौं, नजिकका कोही आएनन्”, बस्तीकी मङ्गली सादा मुसहरले भन्नुभयो, “टाढाका भएपनि हिरो (नायक पल शाह) ले सम्झनु भएछ ।” अब त अवस्था दिनदिनै सामान्य बन्दै गएपछि काममा निस्कन पाउने आश बढेको उहाँको भनाइ छ ।

 

गौशाला नगरपालिका–१० भरतपुरस्थित अति विपन्न मुसहर बस्तीमा राहत बढ्दै नायक पल शाह । तश्विर: पल शाहको फेसबुकबाट

 

भरतपुरकै वासिन्दा वीरगञ्ज टेलिभिजनका प्रवन्धक दिपेश श्रेष्ठको समन्वयमा मुसहर बस्ती पुग्नु भएका कलाकार शाहले भोकाहरुको आँसु पुछ्न आपूm आइरहने र थप सहयोग जुटाउन पहल गरिरहने बताउनुभयो । एक साताअघि गौशाला–४ मल्हनियाँपोखरीचोकका ४३ परिवार मुसहरलाई अरब राष्ट्रतिर काममा रहेका ८० नेपाली युवाले पठाएका सहयोगले राहत बाँडिएको थियो । सो सहयोगबाट जिल्लाका १०८ परिवार गरिबलाई राहत दिने लक्ष्य रहेको समन्वयकर्ता टाइगर सेवा समाजले जनाएको छ ।

 

गौशाला नगरपालिका–१० भरतपुरस्थित अति विपन्न मुसहर बस्तीमा राहत बढ्दै नायक पल शाह । तश्विर: पल शाहको फेसबुकबाट

 

गौशाला नगरपालिका–१० भरतपुरस्थित अति विपन्न मुसहर बस्तीमा राहत वितरणका क्रममा मुसहर बालबालिकासंग फोटो खिच्दै नायक पल शाह । तश्विर: पल शाहको फेसबुकबाट

 

यो पनि – महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रम –

जुम्लाको पातारासी गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रम अघि बढाएपछि स्थानीय महिलाको सशक्तीकरण भएको छ । गाउँमा रोजगारी सिर्जना गर्ने अवसर प्रदान गरेको भन्दै गाउँपालिकाको महिला तथा बालबालिका शाखाले यहाँका महिलालाई पहिलोपटक ९० दिने ढाँका बुनाइ तालीम सञ्चालन गरेको हो ।  महिलाको रोजगारी सिर्जना गर्ने कार्यमा सो तालीमले निकै ठूलो मद्धत पु¥याउने गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले बताउनुभयो । उहाँले भन्नुभयो, “तालीमले महिलालाई स्वरोजगार सिर्जना गर्नेछ । आयआर्जनका क्रियाकलापमा सहभागी हुनका लागि उत्साह भर्ने छ ।”

गाउँपालिकामा स्वरोजगार तथा आयआर्जनका लागि सीप विकास गर्ने लक्ष्यका साथ महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रमको थालनी भएको महिला तथा बालबालिका शाखा संयोजक भगवती गिरीले बताउनुभयो । गाउँपालिकाभित्रका महिला सहकारी संस्था, हरेक वडाका महिलाको लागि सीप विकासमार्फत आयआर्जन वृद्धि गरी आत्मनिर्भर बनाई रोजगारी सिर्जना गर्ने, सीप विकास गरेर आत्मनिर्भर बनाउने, आयअर्जनमा वृद्धि गरी व्यावसायिक महिला सशक्तीकरणमा सहयोग पु¥याउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

किसानलाई दुहुना भैँसी वितरण

यहाँको चन्दननाथ नगरपालिकाले नगरभित्रका व्यावसायिक किसानलाई दुहुना भैंसी र उन्नत जातका बाख्रा वितरण गरेको छ । व्यवसाय प्रर्बद्धनसँगै आयआर्जन वृद्धि गरी किसानको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्यका साथ नगरपालिकाले किसानलाई अनुदानमा भैंसी र उन्नत जातका बाख्रा वितरण गरेको जनाएको छ ।  नगर प्रमुख कान्तिका सेजुवालले यस कार्यले कृषकको आयआर्जनमा थप सुधार हुने बताउनुभयो । उहाँका अनुसार चन्दननाथ नगरपालिका–३ मा ४२ वटा उन्नत बाख्रा, ८ नम्बर वडामा १० वटा दुहुना भैंसी, एक राँगा र ४२ वटा बाख्रा वितरण गरिएको छ । वडा नं ९ मा पनि १० भैंसी र एक वटा राँगा वितरण गरिएको छ ।

कोरोनाका कारण सयौँको रोजगारी गुमेको, उद्योगधन्दा सञ्चालन गर्न सक्ने अवस्था नभएका बेला नगरपालिकाकाले वडा नं ३, ८ र ९ का व्यावसायिक किसानलाई गाउँमै पुगेर भैसी, राँगा र उन्नत जातका बाख्रा वितरण गरिएको उहाँको भनाइ छ । नगरपालिकाका उपप्रमुख अप्पसरादेवी महतले भन्नुभयो, “नगरभित्रका विपन्न तथा व्यावसायिक कृषकलाई ७५ प्रतिशत अनुदानमा भैँसी र बाख्रा दिएका छौँ ।”  नगरपालिकाले किसानलाई करीब रु ३६ लाख बराबरका भैंसी राँगा र बाख्रा वितरण गरेको जनाएको छ । नगरपालिकाको वडा नं ८ र ९ मा रु २१ लाख बराबरका २० वटा भैंसी र दुई वटा राँगा वितरण गरिएको छ । वडा नम्बर ३ र ८ मा रु १५ लाखका ८४ वटा उन्नत बाख्रा वितरण गरिएको छ ।  व्यवसाय प्रवद्र्धनसँगैै कृषकको जीवनस्तरमा सुधार भए नभएको विषयमा अनुगमन तथा निरीक्षण गरिने नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ । राम्रो गरेका किसानलाई भैंसीको दूधबाट परिकार बनाउन सीपमूलक तालीम समेत दिइने छ । बाख्रापालनका लागि आधुनिक खोर निर्माको कार्य पनि अघि बढेको छ ।रासस