दाङमा राष्ट्रिय वृक्षरोपण सप्ताह शुरु : नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा एकघण्टामा बीसहजार वृक्षारोपण

दाङमा राष्ट्रिय वृक्षरोपण सप्ताह शुरु : नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा एकघण्टामा बीसहजार वृक्षारोपण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ,१४ असार । डिभिजन वन कार्यालय दाङको आयोजनामा आज तुलसीपुर र घोराहीमा वृक्षरोपण गरी राष्ट्रिय वृक्षरोपण सप्ताह शुरु भएको छ । घोराहीस्थित मित्र सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरिएको करिव १० कठ्ठा जग्गा खाली गराइ यो वर्षको वृक्षरोपण अभियान थालिएको डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले जानकारी दिनुभयो ।

सो सामुदायिक वनको अतिक्रमण हटाइएको क्षेत्रमा टिक, खयर, मसला, सिसौ, लहरे पिपल प्रजातिका ४ सय ५० बिरुवा रोपिएको छ । तुलसीपुरस्थित मेट्रो कलेजको जग्गामा पनि वृक्षरोपण गरिएको छ । त्यहाँ फलफूल तथा सौन्दर्य प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । वन कार्यालय दाङले यस वर्ष जिल्लाका विभिन्न स्थानमा तीन लाख बिरुवा रोप्ने कार्यक्रम रहेको जनाएको छ जसमा एक लाख जडिबुटी र दुइ लाख काष्ठ तथा बहुउद्येश्यीय प्रजातिका बिरुवा रहेका छन् । रासस

 एकघण्टामा बीसहजार वृक्षारोपण

परासी, १४ असार । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा एक घण्टामा बीस हजार बिरुवा रोपिएको छ । राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा सुनवल नगरपालिका ११ जर्गाहास्थित कोटहीदेवी सामुदायिक वन क्षेत्रमा आज ती वृक्षारोपण गरिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले वृक्षारोपण गर्दै वन क्षेत्रको दीगो व्यवस्थापन र संरक्षणबाट काठजन्य बस्तुको आयातलाई अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले रोपिएका बिरुवाको संरक्षण, गोडमेल, हुर्काउने तथा बढाउने अभियान चलाउन आग्रह गर्नुभयो ।

प्रदेशको उद्योग वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालयको संयुक्त आयोजनामा सिसौ, अमला, टिक, जामुन, कदम, खयर लगायत प्रजातिका बिरुवा रोपिएको थियो । सामुदायिक वनको खाली रहेको २९ हेक्टर क्षेत्रफलमा ३९ हजार बिरुवा रोप्ने लक्ष्य अनुसार आज १५ हेक्टर क्षर््ोत्रफलमा बीस हजार बिरुवा रोपिएको प्रदेशका उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डेले जानकारी दिनुभयो । सो अवसरमा उहाँले वन संरक्षण र हरियाली प्रर्वद्धन गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रम रहेको बताउनुभयो । नेपाल विद्युत प्राधिकरण (बर्दघाट सर्दी १३२ केभी प्रसारण लाइन आयोजना) मार्फत ती बिरुवा रोपिएको हो ।

सो अवसरमा डिभिजन वन कार्यालय परासीका प्रमुुख शङ्करप्रसाद गुप्ता र कोटहीदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ईश्वरीप्रसाद जैसीले रोपिएका बिरुवाको संरक्षण गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । रासस