घरभाडामा सहुलियत प्रदान गर्न पोखरा पर्यटन परिषद्को आग्रह

घरभाडामा सहुलियत प्रदान गर्न पोखरा पर्यटन परिषद्को आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १४ असार । कोभिड १९ का कारण पर्यटन व्यवसाय ठप्प भएपछि व्यवसायीलाई घरभाडा सहुलियत गर्न घरजग्गा धनीलाई पोखरा पर्यटन परिषद्ले आग्रह गरेको छ । परिषद्ले एक विज्ञप्ति जारी गर्दै बैंकबाट करोडौको ऋण लिएर व्यवसायमा लगानी गरेका व्यवसायीहरु विद्यमान परिस्थितीले व्यवसायबाट पलायन हुने अवस्था सृजना भएको जनाउँदै व्यवसायीलाई पलायन हुनबाट रोक्न घरभाडा सहुलियत गर्न आग्रह गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, “कोभिड १९ को असर पूर्ण रुपमा हटेर पर्यटकीय गतिविधि सूचारु नभएसम्म कम्तीमा ५०% सहुलियत प्रदान गरी व्यवसायीलाई पलायन हुनबाट जोगाउन घरधनीलाई परिषद अपिल गर्दछ ।” गत वर्ष चैत ११ गतेबाट शुरु गरिएको बन्दाबन्दी सरकारले २०७७ असारबाट केही खुकुलो बनाउँदै लगेपछि छिटफुट रुपमा आन्तरिक पर्यटनका गतिविधि हुन थालेका थिए । पुनः दोस्रो चरणको भेरियन्ट देखिएपछि २०७८ वैशाखको १५ बाट सरकारले निषेधाज्ञा जारी गरे पश्चात पर्यटन क्षेत्र पूर्ण रुपमा ठप्प छ । रासस

यो पनि पढ्नुहोस – धान दिवसमा कर्णालीमा बिदा

वीरेन्द्रनगर,१४ असार । धान दिवसको अवसर पारेर कर्णाली प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा दिइने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो ।

कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौं जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइने छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार धान दिवसको दिनमा कृषिलाई प्रवद्र्धन गर्न सो निर्णय गरिएको हो । रासस