लोकगीत प्रतिष्ठानद्वारा बाढीपीडितलाई टिन हस्तान्तरण

लोकगीत प्रतिष्ठानद्वारा बाढीपीडितलाई टिन हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ १४ असार । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सिन्धुपाल्चोकको हेलम्बुका बाढीपीडितलाई राहत वितरण गरेको छ । प्रतिष्ठानको केन्द्रीय समतिले जिल्ला समितिसँग समन्वय गरेर हेलम्बु–१ र २ का ३२ परिवारलाई ३२ वण्डल जस्तापाता हस्तान्तरण गरेको हो ।
प्रतिष्ठानले आफ्नो खातामा रहेको रकम र अन्य व्यक्तिबाट सहयोग जुटाइ राहत वितरण गरेको हो ।

प्रतिष्ठान केन्द्रीय समितिको रु एक लाख, महेश रेग्मीले रु एक लाख, बागमती प्रदेश कार्यसमितिको रु २५ हजार, योगेश लामाको पहलमा विभिन्न व्यक्तिबाट रु एक लाख र अन्य नगद र जिन्सी समेत गरी रु पाँच लाख बराबरको राहत सामग्री हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिनुभयो ।अध्यक्ष बिजी निवर्तमान अध्यक्ष बद्री पंगेनी, गायक रमेशराज भट्टराईसहितको टोली राहत लिएर बाढी प्रभावित क्षेत्र पुगेको थियो । रासस

यो पनि पढ्नुहोस  – धान दिवसमा कर्णालीमा बिदा

वीरेन्द्रनगर,१४ असार । धान दिवसको अवसर पारेर कर्णाली प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा दिइने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो ।

कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौं जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइने छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार धान दिवसको दिनमा कृषिलाई प्रवद्र्धन गर्न सो निर्णय गरिएको हो । रासस