वनहर्टद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बीस लाखको स्वास्थ्य सामग्री सहयोग

वनहर्टद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बीस लाखको स्वास्थ्य सामग्री सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १४ असार । स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था वनहर्ट वल्डवाइड संसथाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सिन्धुपाल्चोकलाई २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। संस्थाले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तह, चौतारा अस्पताल र स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकलाई गरी जम्मा २० लाख ५ हजार ५ सय ३० रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको हो ।

सबै सामाग्री एकमुष्ट रुपमा चौतारास्थित वनहर्ट कार्यालयमा ल्याएको र सबै स्थानीय तहलाई वितरण गरिएको संस्थाका सिन्धुपाल्चोकस्थित कार्यक्रम अधिकृत नगेन्द्रजंग शाहीले जानकारी दिनुभयो । संस्थाले सबैभन्दा धेरै चौतारा अस्पताललाई सामाग्री हस्तान्तरण गरेको छ। चौतारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, अक्सीमिटर, मास्क, स्यानिटाईजर, गाउन, आईसोलेसन किटलगायत गरी २ लाख ८१ हजार परल मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

हालसम्म चौतारा, बलेफी, जुगल, बाह्रविसे, सुनकोशी भोटेकोशी, इन्द्रावती, लिसंखुपाखर र त्रिपुरासुन्दरीमा स्वास्थ्य सामाग्री पुराई सकेको छ भने हेलम्बु, पाँचपोखरी र मेलम्चीलाई बाढी पहिरो लगायत विपद्को कारण सामाग्री पुराउन नसकेको र छिट्टै बाँकी पालिकामा पनि स्वास्थ्य सामाग्री पुराईने कार्यक्रम अधिकृत शाहीले बताउनुभयो। वनहर्टले यस अघि पनि चौतारा अस्पताललाई १० वटा भरीएका अक्सिजन सिलिन्डर पनि हस्तान्तरण गरेको थियो।

हेलम्बुका बाढी प्रभावितलाई नगद

हेलम्बुका बाढी प्रभावितलाई नगद सहयोग गरिएको छ । पाल्चोक निवासी लामा गुरु दोर्जे लोपेन छेवाङ नोर्बुको नेतृत्वमा सिन्धुपाल्चोकका विभिन्न व्यक्तिहरु द्धारा संकलित रकमबाट नगद सहयोग गएिको हो । नगद वडा नं २ को गणेश बगर, चुरेटार कविकुञ्ज, पाल्चोकको गैरीबेसी लगायतका १५० घर धुरीलाई घर क्षति भएकालाई पाँच हजार र जोखिममा परेका, भाडामा बस्नेलाईलाई तीन हजार नगद सहयोग गरिएको लामाले जानकारी दिनुभयो । साथै उहाँहरुले रेडियो मेलम्चीलाई पनि नगद दश हजार सहयोग गर्नुभएको छ । रासस