बर्दिया र कैलाली जोड्ने पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तगर्त राजापुरस्थित कर्णाली नदीको सत्तीघाट पुल (एप्रोच स्ल्याब ) भत्किएपछि स्थानीयबासीलाई आवातजावातमा सास्ती भएको छ । बर्दियातर्फ रहेको भागको पुल (एप्रोच स्ल्याब) भत्किदा अनिश्चितकालका लागि बाटो बन्द भएको छ । कर्णाली नदीमा पानीको सतह बढेसँगै पुलको राजापुर तर्फको किनारमा पुललाई सडकसम्म जोडिएको पुल (एप्रोच स्ल्याव) भत्किएको हो । पुल किनारमा रहेको स्ल्याव भत्किए सँगै बर्दिया र कैलाली बीचको आवागमन बन्द गरिएको छ । राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरी, बर्दिया प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वर कार्कीलगायतले स्थलमा पुगी क्षतिको विवरण लिनुभएको थियो ।
यप पनि – पुरानै धारमा फर्किदै मस्र्याङ्दी नदि – सदरमुकाम चामे स्थित मस्र्याङ्दी नदीमाथिको मोटरेवल पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा सफा गर्ने काम भइरहेको छ । सशस्त्र प्रहरीले पुलमा अड्किएका काठ, ढुङ्गा र बालुवा सफा गर्दै गएपछि मस्र्याङ्दी नदी पुरानो धारमा फर्किने क्रममा छ । सोमबार मौसममा केही सुधार भएकाले काम गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । “पुलको संरक्षण पनि हुने र बाढी बस्तीमा पस्न नपाउने बनाउनका लागि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा फाल्ने काम भइरहेको छ, यो पुरै निकाल्न सक्यौं भने पुरानो धारमा फर्किनेछ भन्ने अपेक्षा गरेका छौं”, प्रजिअ लामिछानेले भन्नुभयो ।
जेठ ३१ गते रातिदेखि परेको वर्षापछि आएको बाढीले ल्याएको फोहोरमैला पुलमा अड्किएर पानी जाने बाटो नहुँदा मस्र्याङ्दीले धार परिवर्तन गरेको थियो । मौसम अनुकुल भएपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा सरसफाई गरिएपछि नदीको धार लयमा आउने अवस्थामा रहेको सशस्त्र प्रहरी मनाङका प्रहरी नायव उपरीक्षक होमनाथ पन्थीले बताउनुभयो । पुलमा फोहोर अड्किदा नदीको पानी छिर्ने ठाउँ नभएपछि बाढीले बस्तीतर्फ कटान गरेको हो ।
“बाढीले ल्याएका काठ काट्ने र साना बनाउँदै छेउतर्फ लगिएको छ, ढुङ्गा हटाउनका लागि डोजर प्रयोग गरिएको छ, विपद्को सामना गर्नका लागि जिल्लाका सुरक्षा समितिहरु पूर्ण रुपमा लागिपरेको छ”, उहाँले भन्नुभयो । नदीलाई पुरानो धारमा फर्काउन सकिएमा बस्ती बचाउन सकिने उहाँले बताउनुभयो । नदीले बस्तीतर्फ कटान गर्दा भने उक्त क्षेत्रमा जोखिम बढेको छ । नदीलाई पुरानो धारमा पु¥याउन सकेमा बस्तीतर्फको जोखिम कम हुनेछ । रासस
यप पनि -१२ वर्षीया बालिकालाई ब’लात्कार गर्ने युवक पक्राउ –
दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थायी घर भइ हाल भक्तपुर नगरपालिका– ९ चोखा बस्ने ३२ वर्षीय वसन्त दमाई बालिकालाई ज’बरजस्ती क’रणी गरेको अभियोगमा पक्राउ परेका छन् । आरोपी दमाईले कमलविनायकस्थित कोठामा बसिरहेकी १२ वर्षीया बालिकालाई घरमा कोही नभएको मौकामा फकाएर क’रणी गरेको भनी पीडितकी आमाले दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताउनुभयो ।
यो पनि – द्वन्द्वमा छोरा गुमाएकी आमाको पीडा ः ‘मेरो जस्तो दुःख अरूलाई नहोस्’ – नौमुले गाउँपालिका–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी हुनुभयो । उन्नाइस वर्षको उमेरमा विवाह गर्नुभएकी उहाँले लगातार चार सन्तान जन्माउनुभयो । छोराछोरी उमेर बढ्दै गएपछि जीवन अझ बढी सुखसमय हुन्छ भन्ने उहाँको सोचाइ थियो । जीवन सोचे जस्तो भएन, ३० वर्षकै हुँदा उहाँको खुसी दैवले खोस्यो । श्रीमानको मृत्यु भयो, एक छाक खाएर भए पनि छोराछोरी हुर्काउनुभयो । छोराछोरीको मायाले गर्दा उहाँले जवानीमै पति बिना एक्लो भएपनि अर्को विवाह गर्नु भएन । विसं २०५६ मा छोरा अमरको विवाह गरिदिनुभयो । उनीहरूबाट एक नातिनीको जन्म भएपछि केही सान्त्वना मिल्यो ।
त्यतिबेला माओवादी ‘जनविद्रोह’ उत्कर्षमा थियो । गाउँका तरुना तन्नेरीहरु माओवादीमा गएको खबर आइरहन्थ्यो । ‘मेरो पनि छोरालाई लाने पो हुन् कि ?’ भन्ने उहाँलाई डर लाग्यो । बुहारी दुई महिनाको सुत्केरी थिइन् । छोरा अमरबहादुरलाई माओवादीले नलैजाउन् भन्दै जिल्ला सदरमुकाम पठाउनुभयो । एक महिना जिल्ला सदरमुकाम बसेका अमर केही काम नपाएपछि घर फर्किए । घरमा गएको मौकामा उनलाई तत्कालीन माओवादीले घरबाटै अपहरण गरेर लगे । ‘‘म घरको भूइँ तलामा सुतेको थिएँ, छोराबुहारी माथिल्लो तलामा सुत्थे । राति आएर माओवादीले छोरालाई लिएर गएछन्” उहाँ भन्नुहुन्छ ।
छोराको चिन्ताले उहाँलाई सताइरह्यो । माओवादीबाट छुटाएर छोरालाई घर ल्याउन भन्दै नन्दकलीले रु आठ हजार रुपैयाँमा गोरु बेच्नु भयो । छोराको अवस्थाबारे उहाँले गाउँका जान्ने बुझ्ने सबैलाई सोध्नुभयो । माओवादीको स्थानीय नेतृत्वबाट एक÷दुई दिनपछि छोड्ने आश्वासन पाउनुभयो । छोरा आउने आशामा रहेकी नन्दकली धेरै दिन भोकै बस्नुभयो । छोरालाई केही नहोस् भनेर देवीदेवताको भाकलसमेत गर्नुभयो । उहाँको मनको इच्छा न देवीदेवताले बुझे । बरु उल्टै अपहरण भएको एक महिनापछि २०५९ मा साबिकको रानीवन गाविसमा माओवादीले अमरबहादुरको हत्या गरेको खबर आयो । एक्कासी छोराको हत्याको खबरले उनलाई ठूलो बज्रपात भए जस्तो भयो । एकपछि अर्को पीडा खेप्दै जानुभएको नन्दकलीसँग बाँच्नुबाहेक अर्काे विकल्प थिएन । केही समयपछि बुहारीले पनि अर्को विवाह गरिन् । अब नातिनीलाई हुर्काउने जिम्मा पनि उहाँमाथि नै आइलाग्यो । अहिले तिनै नातिनी उहाँको बुढेसकालको सहारा बनेकी छन् ।
तत्कालीन समयमा बालुवाटार, सल्लेरी, कालिका, चौराठा र तोली गाविस माओवादीको आधार इलाका मानिन्थ्यो । सरकारको उपस्थिति नहुँदा माओवादीको एकलौटी राज थियो । उहाँसँग मरेको छोरा सझिनुको विकल्प रहेन । शान्ति सम्झौतापछि नेपाल सरकारले दिएको राहतसमेत बुहारीले आधा लगेको नन्दकली बताउनुहुन्छ । अहिले नन्दकलीलाई खाना लाउन समस्या छ । शारीरिक अवस्था कमजोर हुँदै गएको छ । उहाँ मुटु र मधुमेहसमेतको बिरामी हुनुहुन्छ । पैसा नहुँदा उपचार गर्न सक्नु भएको छैन ।
अहिले उहाँलाई छोराको सम्झनाले बढी नै सताउने गरेको छ । उहाँ भन्नुहुन्छ, ‘‘खै के भएको हो, वनमा न्याउली चरी कराउँदा पनि छोरा न्याउलीको भेष गरेर आयो कि जस्तो लाग्छ र स्वर सुन्नेबित्तिकै आँगनमा पानी राखिदिन्छु’’, उहाँले भन्नुभयो । जीवनमा दुःखैदुःख झेलेकी नन्दकलीको एउटै मात्र धोको छ, ‘देशमा फेरि युद्ध नहोस् । मेरो जस्तै अरू आमाले पिडा भोग्नु नपरोस् ।’ सशस्त्र द्वन्द्वका क्रममा दैलेखमा राज्य पक्षबाट सयांै व्यक्ति मारिएका छन् भने माओवादी पक्षबाट पनि धेरैले अकालमै ज्यान गुमाएका छन् । रासस
प्रतिक्रिया