फोन पे पेमेन्ट सर्विस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । जसमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ । साथै दैनिक सबैभन्दा बढि रिफर गर्नेले एकहजार रूपैयाँप्राप्त गर्न सकिन्छ । यस योजनामा २०७८ अषाढ ३१ गतेसम्म सबैभन्दा बढि रिफर गर्नेले रू १० हजार प्राप्त गर्न सकिन्छ । यस योजनाको बम्पर उपहारमा तीनजनाभन्दा बढिलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत रू १ लाखजित्न सकिनेछ । अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरि लगइनगर्नेहरू मध्ये एक जनाले आइफोन १२ जित्न सकिन्छ ।
फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरि विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैयाँजित्न सकिनेछ । फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिन्छ । फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामान हरू पनि किन्न सकिन्छ । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालकहो । फोनपे नेटवर्कमा ६० वटा बैक तथावित्तीय संस्था आवद्ध छन् भने ३ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवाप्रदानगर्दै आएको छ ।फोनपेविश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान(एऋक्ष् म्क्क् खघ।द्द।ज्ञ० प्रमाणीकरण प्राप्त संस्थाहो ।
यो पनि – बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको शेयरमा आकर्षण
बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा यूनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही कारण पनि लगानीकर्ताको चासोमा सो कम्पनीको शेयर परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज मात्रै सो कम्पनीको कूल आठ लाख दुई हजार ४८७ कित्ता शेयर रु ६६ करोड ९४ लाख ४८ हजार ९८९ मा खरीद बिक्री भयो । अघिल्ला दुई कारोबार दिनमा सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । आज पनि सो कम्पनीको सुरुआती कारोवारमा सकारात्मक सर्किटको मूल्यसम्म नै वृद्धि भएको थियो । नेप्सेको विवरण अनुसार सो कम्पनीको शेयर बिक्रीमा अधिक बिक्री चाप प¥यो ।
आज बजार बन्द हुँदा सो कम्पनीको शेयर प्रतिकित्ता रु ७९० मा रोकिएको छ । कारोवार समयसम्म माथिल्लो तामाकोशीको शेयरमा प्रतिकित्ता रु ११० को उतारचढाव देखिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको दुई वटा यूनिटबाट बिजुली उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार ५.११ बिन्दुले बढेर नेप्से दुई हजार ८७५.४९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ बिन्दुले बढेर ५३३.५७ मा पुगेको छ । कूल २१९ कम्पनीको एक करोढ ९२ लाख ८२ हजार ८१५ कित्ता शेयर रु सात अर्ब ७२ करोड ५छ लाख १२ हजार ७१६ मा खरिद बिक्री भए । सोमबारको कारोवार पछि बजार पूँजीकरण रु ३९ खर्ब ९४ अर्ब ७५ करोड ९५ लाख ८३ हजार ८७ बराबर पुगेको छ ।
कारोवार भएका कूल १३ उपसमूह मध्ये सात उपसमूहको शेयर ओरालो लाग्दा छ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ६.९५, होटल तथा पर्यटन २०.२७, लघुवित्र ११४.४, जीवन बीमा १४.०६, सामूहिक लगानी कोष ०.०२ र लगानी २.३५ बिन्दुले उकालो लाग्यो । यस्तै, व्यापार ३२.३२, विकास बैंक ७०.५८, जलविद्युत् ६५.९५, वित्त ५६.७, निर्जीवन बीमा ३७.२७, उत्पादन १२.४८ र अन्य उपसमूहको शेयर ३.९ बिन्दुले ओरालो लाग्यो ।
कारोवारका आधारमा नेपाल इन्स्योरेन्स रु ५२ करोड २४ लाख ८४ हजार ३५९, राधी विद्युत् कम्पनी रु ५२ करोड सात लाख ५९ हजार ९९१, एनआइसि एशिया बैंक रु ५० करोड २५ लाख १७ हजार ६१३ र सेञ्चुरी बैंक रु २८ करोड ६१ लाख ३४ हजार ९९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
लगानीकर्ताको आकर्षण देखिएको लघुवित्त उपसमूहकै सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.१७ प्रतिशतले कमाए । त्यस्तै, सिभिल लघुवित्त ८.०७, एचआइडिसिएल ७.६३, सिटिजन म्युअल फण्ड ४.९३ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ४.६९ प्रतिशतले कमाए । त्यस्तै, वेष्ट फाइनान्स ५.४८, रिलायन्स फाइनान्स ४.९८, राधी विद्युत् कम्पनी ४.६८, आइसिएफसी फाइनान्स ४.५३ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ४.४२ प्रतिशतले गुमाए । रासस
यो पनि – पुरानै धारमा फर्किदै मस्र्याङ्दी नदि –
सदरमुकाम चामे स्थित मस्र्याङ्दी नदीमाथिको मोटरेवल पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा सफा गर्ने काम भइरहेको छ । सशस्त्र प्रहरीले पुलमा अड्किएका काठ, ढुङ्गा र बालुवा सफा गर्दै गएपछि मस्र्याङ्दी नदी पुरानो धारमा फर्किने क्रममा छ । सोमबार मौसममा केही सुधार भएकाले काम गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । “पुलको संरक्षण पनि हुने र बाढी बस्तीमा पस्न नपाउने बनाउनका लागि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा फाल्ने काम भइरहेको छ, यो पुरै निकाल्न सक्यौं भने पुरानो धारमा फर्किनेछ भन्ने अपेक्षा गरेका छौं”, प्रजिअ लामिछानेले भन्नुभयो ।
जेठ ३१ गते रातिदेखि परेको वर्षापछि आएको बाढीले ल्याएको फोहोरमैला पुलमा अड्किएर पानी जाने बाटो नहुँदा मस्र्याङ्दीले धार परिवर्तन गरेको थियो । मौसम अनुकुल भएपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा सरसफाई गरिएपछि नदीको धार लयमा आउने अवस्थामा रहेको सशस्त्र प्रहरी मनाङका प्रहरी नायव उपरीक्षक होमनाथ पन्थीले बताउनुभयो । पुलमा फोहोर अड्किदा नदीको पानी छिर्ने ठाउँ नभएपछि बाढीले बस्तीतर्फ कटान गरेको हो ।
“बाढीले ल्याएका काठ काट्ने र साना बनाउँदै छेउतर्फ लगिएको छ, ढुङ्गा हटाउनका लागि डोजर प्रयोग गरिएको छ, विपद्को सामना गर्नका लागि जिल्लाका सुरक्षा समितिहरु पूर्ण रुपमा लागिपरेको छ”, उहाँले भन्नुभयो । नदीलाई पुरानो धारमा फर्काउन सकिएमा बस्ती बचाउन सकिने उहाँले बताउनुभयो । नदीले बस्तीतर्फ कटान गर्दा भने उक्त क्षेत्रमा जोखिम बढेको छ । नदीलाई पुरानो धारमा पु¥याउन सकेमा बस्तीतर्फको जोखिम कम हुनेछ । रासस
प्रतिक्रिया