रिहाई पछी प्रहरी चौकी अगाडीबाट नै सपनाले भनिन – ‘मलाई पुरुष प्रहरीले छातीमा हात लगायो’ (भिडियो)


काठमाडौं, १४ असार । कोरोना माहामारीको बेला “हाम्रो टिम नेपाल” ले भोकालाई  निशुल्क खाना खुवाउदै आएको अनामनगरस्थित रहेको टहरा भत्काएको छ । सोमबार काठमाडौंं महानगरपालिकाले ‘हाम्रो टिम नेपाल’ले प्रयोग गर्दै आएको अनामनगरस्थित सरकारी जग्गामा बनेको टहरा भत्काउने क्रममा सपना मगर, विमल पन्तलगायतका अभियन्ताहरु पक्राउ समेत परेका थिए। तर सोमबार साँझ उनीहरुलाई छोडिएको छ । सरकारी जग्गा विगत एक वर्षदेखि जबरज.स्ती भोगचलन गर्दै आएको र पटक–पटक ताकेता गर्दा पनि खाली नगरेको भन्दै महानगरले जग्गा खाली गराएको प्रहरीले जानकारी दिए ।

‘हाम्रो टिम नेपाल’का अभियान्ताहरुले निषेधाज्ञा भर मात्र उक्त ठाउ प्रयोग गर्न दिनु भन्ने माग गर्दै आएका थिए । तर महानगरले जब.र्जस्ति गरेको भन्दै अभिनेता पल शाहले पनि यसको बिरोध गरेका छन । अभिनेता शाहले पक्राउ परेका अभियान्ताहरुलाई तुरुन्त रिहाइ गर्न समेत माग गरेका छन । उनि लेख्छन – ‘कोरोना माहामारीको बेला निशुल्क खाना खुवाउदै आएको, अक्सिजन नभएको ठाँउमा अक्सिजनको सिलिन्डरको ब्यबस्था गर्दै आएको टिम, भुकम्प,बाढी,पहिरो जादा रातदिन नभनि देश भर सेवा गर्दै आएको टिम “हाम्रो टिम नेपाल” माथी आज सरकारले दमन गरेको छ । पक्राउ पर्नु भएका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरुलाई चाडो भन्दा चाडो रिहाई गरियोस !!!’

उक्त टिमसंग आबद्द रहेकी समाजसेवी इशा गुरुङले पनि घटनाको निन्दा गरेकी छन । उनि लेख्छिन – ‘यसरी के समाजसेवा गर्नु ? देशमा आपातबिपत होस ,भूकम्प आउदा होस , बाडि पहिरो आउदा होस , आगो लागी हुदा होस् , भीषण पानी पर्दा होस , नागरिकहरूको भोंको पेट भर्न होस , बिरामीहरूको औषधी अपचारमा होस , सरकारी अस्पतालहरूमा अक्सिजन बितरण होस् , घरघरमा फ़ुड डेलिभरी होस , बिकट गाउहरूमा हेलि या अभियान्ता मार्फ़त होस ,बिगत २ बर्ष देखि यो Hamro Team Nepal निरन्तर खटिरहेको छ , अब महानगरपालिकालाइ पार्क बनाउन दिनुस चाहे महल बनाउन दिनुस , पार्क र महल बनेर देश र जनताको भलो हुन्छ भने’

रिहाई पछी सपना रोका मगरसहित टिमका अभियान्ताहरु मिडियामा आएका छन । मिडियामा कुरा गर्दै सपनाले प्रहरीले आफु प्रति गरेको व्यवहार प्रति दुख ब्यक्त गरेकी छन । प्रहरीले आफ्नो संबेदनशिल स्थान छातीमा समेत हात लगाएको उनको आरोप छ । भिडियो यहाँबाट हेर्नुहोस ।

यो पनि – काठमाडौँ उपत्यकामा फेरी थपियो एक साता निषेधाज्ञा, यी हुन् गर्न पाइने र नपाइने कुराहरु (आदेशको पुरा विवरणसहित)

काठमाडौं, १४ असार । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका तिन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खुकुलो पार्दै निषेधाज्ञा थप एक साता लम्बाउने निर्णय गरेको छ । आज बिहान बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

भोली मंगलबार १५ गतेबाट काठमाडौँ उपत्यकाको निषेधाज्ञा खुकुलो पार्दै सार्बजनिक यात्रुवाहक बस पनि संचालन गर्न दिने निर्णय भएको हो । स्वास्थ्य मापदण्ड अपनाएर कम्तिमा २५ सिटभन्दा माथिका बसहरु जोर बिजोर प्रणालीमा ञ्चालन गर्न दिने निर्णय भएको हो । उक्त निर्णयसँगै बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सार्वजनिक बस संचालनमा आउनेछन्। वैशाख १६ गतेयता सार्वजनिक सवारी साधन बन्द छन्।

त्यस्तै दैनिक उपभोग्य बस्तु तथा खाद्यान्न पसल भोलीबाट बिहानदेखि बेलुका ६ बजेसम्म सञ्‍चालन गर्न दिइने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरिएको थियो । यस्तै अन्य पसलहरूको हकमा पनि बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्‍चालन गर्न दिइने निर्णय भएको छ ।

थप भएको निषेधाज्ञामा के गर्न पाइन्छ र के गर्न पाइन्दैन ? तल हेर्नुहोस :

कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय, कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस जिल्लामा मिति २०७८/०३/१५ गतेबाट २०७८/०३/२१ गते सम्म लागू हुने गरी तपसिल बमोजिमको व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।

क. संचालन गर्न नपाइने कार्यहरुः

१. सभा सम्मेलन, व्यवसाय तथा नित्य पूजाको हकमाः

क. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न नपाउने ।

ख. खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न गराउन नपाउने।

ग. विवाह, व्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने।

घ. पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा साँस्कृतिक गतिविधिहरु संचालन गर्न नपाउने।

२. शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमा पठन पाठन तथा परीक्षाहरु संचालन गर्न गराउन नपाउने ।

३. सवारी साधन उपत्यका आवत जावतको हकमाः

क. अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरूवा (२ जना) बोकेका एम्वुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र अन्य जिल्लाबाट सवारी पास लिई आएका बाहेक अन्य सवारी साधन काठमाडौं जिल्ला भित्र प्रवेशमा रोक लगाउने ।

ख. अत्यावश्यक कार्य जस्तै मृत्यु संस्कार, बिरामी तथा कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान सम्बन्धित स्थानीय तहको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश गरेमा अन्तर जिल्लामा आवत जावत गर्न सहजीकरण गरिने।

ख. संचालन गर्न सकिने कार्यहरुः

१. सर्वसाधारणको आवतजावतको हकमाः क. घरबाट बाहिर निस्किदा दुई व्यक्ति बीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने । अनिवार्य रुपले मास्कको प्रयोग गर्ने। पटक पटक साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने।

२. शैक्षिक संस्था, कृषि, उद्योग तथा निर्माण कार्यको हकमाः

क. शैक्षिक संस्थाहरुले अनलाइन तथा भर्चुअल माध्यमबाट पठन पाठन कार्यहरु सञ्चालन गर्न सक्ने।

ख. वैदेशिक अध्ययनमा जानु पर्ने विद्यार्थीहरु, EDV परेका व्यक्ति र कुटनैतिक नियोगबाट संचालन हुने परीक्षा तथा भिसा अन्तवार्ताका कार्यहरु नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्ने पारी/संचालन गर्न सक्ने। भाषा परिक्षाको हकमा जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति लिई स्वास्थ्य मापदण्डको पालना गर्ने गरी संचालन गर्न पाउने।

ग. उद्योग तथा कलकारखाना र सार्वजनिक तथा निजी निर्माण कार्य स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्ने।

३. औषधी तथा स्वास्थ्य सामग्री, अत्यावश्यक खाद्य सामग्री तथा अन्य व्यापार व्यवसायको हकमाः

क. औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्ने ।

ख. खाद्यान्न, दुध तथा दुग्ध जन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरु, खेलकुद सामग्री पसल, स्टेशनरी/पुस्तक पसलहरु साँझ ६:०० बजेसम्म संचालन गर्न पाउने।

ग. डिपार्टमेन्टल स्टोर, सपिङ्ग मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ्ग, सुन पसल, भाँडा, भान्सा जन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्यूटर पसल) र निर्माणजन्य सामग्रीको पसल (हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, काटिङ्ग) लगायत अन्य पसल/व्यवसाय बिहान ११:०० बजे देखि साँझ ६:०० बजे सम्म संचालन गर्ने ।

घ. अत्यावश्यक वस्तुहरुको अनलाईन अर्डर, रेष्टुरेण्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यका भित्र साँझ ७:०० बजेसम्म संचालन गर्ने ।

ङ. सवारी साधन मर्मतका लागि वर्कशपहरु साँझ ७:०० बजे सम्म संचालन गर्ने।

च. पसल तथा व्यवसाय संचालन गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने। यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्न सकिने।

४. विवाह तथा व्रतबन्धको हकमाः

क. विवाह तथा ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा गर्ने ।

ख. विवाह वा व्रतबन्धको हकमा २ वटा सवारी साधन (बेहुला बेहुली समेत) प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्ने ।

५. सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमाः

क. अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध (औषधी, अक्सिजन सिलिण्डर), दूरसंचार, इन्टरनेट मर्मत, कार्गो, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापन सम्बन्धी ढुवानीका साधनहरुमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी निर्बाध रुपमा संचालन गर्ने ।

ख. स्वास्थ्यकर्मी, पशुस्वास्थ्यकर्मी, एम्बुलेन्स, बिरामी बोकेको सवारी साधन तथा स्वास्थ्य सामग्री ढुवानी गर्ने सवारी साधन स्वास्थ्य मापदण्ड पालना गरी निर्बाध रुपमा संचालन गर्ने ।

ग. निजी सवारी साधन (कार, जीप, भ्यान) बढीमा चारजना, ट्याक्सीको हकमा बढीमा तीनजना र मोटरसाइकल/स्कुटर समेत जोर बिजोर प्रणाली लागू (जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर) गरी संचालन गर्ने।

घ. काठमाडौं उपत्यका भित्र मात्र संचालन हुने २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रु बाहक सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने । सार्वजनिक यात्रु बाहक सवारी साधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी (कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु नराख्ने गरी) बस्ने व्यवस्था मिलाउने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नु पर्ने। सार्वजनिक सवारी साधन बिहान ६:०० बजे देखि साँझ ७:०० बजेसम्म मात्र संचालन गर्ने।

ङ. सरकारी, सार्वजनिक संस्थान, कुटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, मल, बिउ विजन, पशु चिकित्सक लगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधनहरु निर्बाध रुपले संचालन गर्ने।

च. तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंछीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्यास, सरसफाईमा प्रयोग गरिने मास्क/साबुन/स्यानिटाइजर, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल, वीउ लगायतका सामग्री ढुवानीका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी न्यूनतम जनशक्ति प्रयोग गरी संचालन गर्ने। स्थानीय ढुवानी बिहान ९:०० बजे देखि ११:०० बजेसम्म र अपरान्ह ४:०० देखि ७:०० बजेसम्म संचालन गर्न नपाउने।

छ. सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९:०० बजे देखि बिहान ५:०० ___बजे सम्म संचालन गर्ने।

ज. भन्सार विन्दुबाट Exit Note जारी भएका मालवाहक सवारी साधनमा उल्लेख गरेको दिन र स्थानसम्म आवतजावत गर्न पाउने ।

झ. पत्रकार तथा सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको प्रेस पासका आधारमा आवत जावत गर्ने। सूचना तथा प्रसारण विभागको प्रेस पास नभएका संचारकर्मी/कर्मचारीको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित संचार गृहको परिचयपत्रका आधारमा आवत जावत गर्न सकिने।

६. सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाको हकमाः

क. विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुने व्यवस्था मिलाई आलो पालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति मात्र प्रयोग गरी सेवा प्रवाह सुचारु गर्ने।

ख. बैंक, वित्तिय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैर सरकारी संस्थाहरु स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम जनशक्ति परिचालन गरि भीडभाड कम हुने गरि वैकल्पिक उपाय अवलम्बन गरि संचालन गर्ने।

७. उल्लिखित आदेशको पालना गर्नु सबैको कर्तव्य हुनेछ। यसको अवज्ञा गर्नेलाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारवाही गरिनेछ। संक्रमण बढ्न गएमा यस आदेशमा भएका व्यवस्थाहरु कुनै पनि बेला पुनरावलोकन गर्न सकिनेछ।

यो पनि – केही युट्युबका कारण नागरिकलाई थप पीडा 

केही समय पहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत प्रहरी नायब उपरीक्षक कोपिला चुडाललाई कोभिड सङ्क्रमण भएको थियो । आइसोलेसनमा रहँदा उहाँले खाली समयमा सामाजिक सञ्जाल हेर्नुभयो । युटुयुबमा सङ्क्रमितको मृत्यु भएको र पुर्नका लागि खाल्डो खनेको दृश्य देखेर आफू झसङ्ग भएको उहाँले बताउनुभयो ।  चुडाल प्रहरी अधिकृत त्यसमा पनि प्रविधिको प्रयोगबाट हुने अपराध अनुसन्धान गर्ने जिम्मेवार तहमा रहेको व्यक्ति हुनुहुन्छ । युट्युबलगायतका सामाजिक सञ्जालका सकारात्मक पक्ष हुँदाहुँदै कतिपयले त्यसको दुरुपयोग गर्दा धेरै नागरिकले अनाहकमा दुःख पाइरहेको उहाँको अनुभव छ ।

उहाँको शाखामा अहिले सबैभन्दा बढी चिठ्ठा, उपहार वा कुनै प्रोजेक्टका नाममा भइरहेको ठगीका घटना आइरहेको छ । दैनिक ५०÷६० वटासम्म यस्ता घटना आइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिक आफैँ जसले जे भनेको छ, त्यो पत्याउनेभन्दा त्यसका बारेमा बुझेर मात्र व्यवहार गर्नुपर्छ ।” सामाजिक सञ्जालले नै कहिले आ.त्मह.त्या दुरुत्साहनको कारण बनेको त कहिले महिलाको चरित्र ह.त्या गरेको प्रनाउ चुडालको भनाइ छ । वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतीलाई ‘श्रीमान् विदेश गएपछि श्रीमती यस्तो’ भन्दै शिर्षक हालेर चरित्र ह.त्या भइरहेको छ । उहाँले भन्नुभयो, “यस्ता घटना नियन्त्रणका लागि आचारसंहिता बनाएर कडाइका साथ लागू गर्न आवश्यक छ ।”
युट्युब भनेको के हो भन्ने नबुझ्ने महिला र किशोरीको दु.रुपयोग गरेर ‘भ्युज’ बढाउने काम गरिरहेको सुर्खेतकी पत्रकार टीका बिष्टले बताउनुभयो । ग्रामीण क्षेत्रमा कतिपय महिलालाई एक÷दुई हजार रुपैयाँ दिएर यसो बोल भनेर लगाएको समेत घटना भइरहेका छन् ।

केही समय पहिले राउटे समुदायको महिलामाथि भएको यौन दु.व्र्यवहारमा पनि ती महिलालाई सामाजिक सञ्जाल र त्यसको असरका बारेमा जानकारी नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “युट्युबलाई कि त सामाजिक सञ्जाल मात्रै हो मिडिया होइन भन्नुपर्छ, कि त अनुगमनको दायरामा ल्याउनुपर्छ ।” महिला अधिकारका क्षेत्रमा कार्यरत संस्था उमन फाउण्डेसनकी गीता न्यौपानेले केही युट्युबले राम्रो काम गरेपनि कतिपयले सस्तो लोकप्रियताका लागि महिलालाई पीडा दिइरहको बताउनुभयो । कतिपय युट्युबले ग्रामीण क्षेत्रसम्म पुगेर धेरैका विचार र पीडा बाहिर ल्याउने काम गरिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यदि युट्युबले पीडितलाई थप पीडा दिएको अवस्थामा भने कडा कानून बनाएर कारवाही गर्नुपर्छ ।”

विराटनगरकी पत्रकार इन्दिरा भट्टराईले युट्युबले पीडितका परिवार र आफन्तलाई थप पीडा दिएको बताउनुभयो । कुनै पनि घटनाका कारण पीडामा परेका आफन्तजनलाई उनीहरु घटना कहाँ भयो, कसरी, कुन समय भन्दै केरेर थप पीडा दिइरहेको बताउनुभयो ।  चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष जीवन पराजुलीले कुनै पनि व्यक्तिले युट्युबले आफूलाई असर पु¥याएमा उजुरी गर्न सक्ने व्यवस्था रहेको बताउनुभयो । अहिले आमसञ्चार माध्यम फेसबुक र युट्युबबाट नै चलिरहेकाले यसलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित कतिपय युट्युबले राम्रो काम गरिरहे पनि कतिपयले पीडितलाई थप पीडा दिएको बताउनुहुन्छ । युट्युबमा महिलाको फोटो र नराम्रा शिर्षक प्रयोग गरेर चरित्र ह.त्या भइरहेको उहाँले औँल्याउनुभयो ।
नेपाल दूरसञ्चार संस्थानका अध्यक्ष पुरुषोत्तम खनालले सञ्चार तथा सूचना प्रविधि मनत्रालयले अघि बढाएको मिडिया काउन्सिल ऐन बनेपछि युट्युबलगायत सामाजिक सञ्जाललाई नियमन र आवश्यक भएमा कारवाही गर्न सकिने बताउनुभयो । आमनागरिकमा पनि यसका बारेमा जानकारी गराउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालयदेखि नै पाठ्यपुस्तकमा यी विषय समेट्न जरुरी छ ।”

सञ्चारिका समूह र नेपाल टेलिकमले आज आयोजना गरेको ‘युट्युबमा प्रशारित विषयवस्तु र लैङ्गिकताको सवाल’ विषयको भर्चुयल छलफल कार्यक्रममा सरोकार राख्ने निकायका प्रतिनिधिहरुले युट्युबलगायतका समाजिक सञ्जालको नियमनमा जोड दिएका थिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालकी पूर्वसदस्य सङ्गीता खड्का र पत्रकार बिष्टले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस