१७ दिन देखि बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन

१७ दिन देखि बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १५ असार । यहाँका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता हुनुहुन्छ ।घाँस काट्न जाँदा बेखबर हुनुभएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिए पनि अवस्था पत्ता लाग्न सकेको छैन ।

प्रदेश प्रहरी मातहत रहेको कुकुर शाखाबाट दुई तालिमप्राप्त कुकुरसहित प्रहरी खोजीकाममा जुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । घरदेखि २० मिनेटको दूरीमा रहेको खरबारीमा घाँस काट्न जानुभएका बुढाथोकी अबेरसम्म घर नफर्केपछि परिवार, स्थानीयवासी र प्रहरी मिलेर तत्कालै खोजीमा लागेका थिए । चार दिन बित्दासमेत उहाँ नभेटिएपछि प्रदेश मुकामबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली झिकाएर परिचालन गरिएको हो । बुढाथोकी हराएको ठाउँमा नाम्लो, डोरी र काटेको घाँस भने भेटिएको थियो ।

यस्तै नियमित प्रातःकालीन भ्रमण (मर्निङवाक) मा निस्कनुभएका ४६ वर्षीय सुनार गत जेठ २९ गतदेखि बेपत्ता हुनुहुन्छ । परिवारजनका अनुसार रामरेखाबाट मालढुङ्गा जाने क्रममा उहाँ हराउनुभएको हो । सुनारले सधँै सोही मार्गमा ‘मर्निङवाक’ गर्ने गरेको आफन्त पर्ने भाइ सज्जनकुमार सिंहले बताउनुभयो । “दाइ लामो समयसम्म घर नफर्केपछि धेरैतिर खोजी गरियो, स्याङ्जासम्म पुग्यौँ, अझै केही पत्ता लाग्न सकेको छैन”, उहाँले भन्नुभयो ।

परिवारजनको निवेदनपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता सुनारको खोजपडताल जारी राखेको छ । यतिका दिनसम्म उहाँ नभेटिँदा परिवारका सदस्य चिन्तामा छन् । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका स्थायी बासिन्दा सुनार लामो समयदेखि बागलुङमा बस्दै आउनुभएको छ । रासस

यो पनि – सत्तीघाट पुल भत्किँदा स्थानीयवासीलाई सास्ती

बर्दिया र कैलाली जोड्ने पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तगर्त राजापुरस्थित कर्णाली नदीको सत्तीघाट पुल (एप्रोच स्ल्याब ) भत्किएपछि स्थानीयबासीलाई आवातजावातमा सास्ती भएको छ । बर्दियातर्फ रहेको भागको पुल (एप्रोच स्ल्याब) भत्किदा अनिश्चितकालका लागि बाटो बन्द भएको छ । कर्णाली नदीमा पानीको सतह बढेसँगै पुलको राजापुर तर्फको किनारमा पुललाई सडकसम्म जोडिएको पुल (एप्रोच स्ल्याव) भत्किएको हो । पुल किनारमा रहेको स्ल्याव भत्किए सँगै बर्दिया र कैलाली बीचको आवागमन बन्द गरिएको छ ।  राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरी, बर्दिया प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वर कार्कीलगायतले स्थलमा पुगी क्षतिको विवरण लिनुभएको थियो ।