अनुदानमा कृषकलाई ट्र्याक्टर हस्तान्तरण

अनुदानमा कृषकलाई ट्र्याक्टर हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर महानगरपालिकाले कृषकहरुलाई अनुदानमा ट्र्याक्टर वितरण गरेको छ । महानगरले कृषिको क्षेत्रमा आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोग पु¥याउन ५० प्रतिशत अनुदानमा ट्र्याक्टर उपलब्ध गराएको हो । महानगरले सोमबार छ वटा ट्र्याक्टर र एउटा हाते ट्र्याक्टर किसानलाई वितरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले एक कार्यक्रमका बीच किसानहरुलाई सामग्री हस्तान्तरण गर्नु भएको हो । महानगरमा परेका ४३ वटा आवेदनबाट छनोट गरेर १३ वटा फार्मलाई मागअनुसारको उपकरणमा सहयोग गरिएको हो । महानगर प्रमुख दाहालले महानगरपालिले कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण र आधुनिकीकरणमा आफूहरुले जोड दिएको उल्लेख गर्दै दाहालले कृषिमा लागत घटाएर उत्पादन बढाउन निरन्तर खटिएको बताउनुभयो । महानगरमा पशुपालनमा पनि उच्च सम्भावना रहेकाले यो क्षेत्रमा लाग्ने किसानलाई हौसला प्रदान गर्न दूधमा प्रतिलिटर रु तीन अनुदान दिन थालिएको दाहालको भनाइ थियो ।

कार्यक्रममा महानगर उपप्रमुख ठकुरीले किसानलाई कृषि पेशाबाटै सबल बनाउने उद्देश्यसहित कृषि उपकरण वितरण गरिएको बताउनुभयो । कृषि प्रधान देशमा किसानहरु निराश बनेको र युवा पलायन हुने स्थिति आएकाले अब युवालाई यही कृषि कर्ममा सरिक बनाउन आफूहरु लागेको उहाँको भनाइ थियो । प्रति ट्र्याक्टर रु १६ लाख ५२ हजार लागत मूल्य रहेको र महानगले रु आठ लाख अनुदान सहयोग गरेको महानगरको कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले बताउनुभयो । रासस

यो पनि – दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको धार्मिक एवं पर्यटकीयस्थल मोतीचौरमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सो धारा निर्माण गरिएको हो । अन्नपूर्ण गाउँपालिकाबाट विनियोजित रु आठ लाख, देश तथा विदेशमा रहेका दानावासीबाट प्राप्त सहयोग रु ११ लाख र रु तीन लाख बराबरको स्थानीयवासीको श्रमदान गरी कूल रु २० लाख लगानीमा सो धारा निर्माण गरिएको मोतीचौर बराह १०८ धारा निर्माण उपभोक्ता समितिका अध्यक्ष गङ्गाबहादुर थापाले बताउनुभयो ।

मोतीचौरमा सिद्घ र बराहको मन्दिर रहेको छ । यहाँ प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा विशेष पूजाआजा हुने गर्दछ । जिल्ला र जिल्लाबाहिरका भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्नका लागि बलिसहित त्यहाँ भाकल तथा पूजा गर्न आउने गर्दछन् । सन्तान नभएकालाई सन्तानको वर प्राप्त हुने भएकाले पनि यस क्षेत्रको अझै बढी महत्व रहेको मोतीचौर बराहका संरक्षक टेकबहादुर थापाले बताउनुभयो । बलि नदिई पूजा गर्नेहरुका लागि १०८ धाराको नजिकै लक्ष्मीनारायणको मन्दिरसमेत निर्माण भइरहेको छ ।

मोतीचौर बराहका संरक्षक थापा, लेफ्टिनेन्ट बेलबहादुर पुर्जा, हरिमाया राम्जाली, आनन्द शेरपुञ्जा, अन्नपूर्ण गाउँ कार्यपालिका सदस्य थमबहादुर विश्वकर्मालगायतको पहलमा उक्त धारा निर्माण गरिएको हो । पवित्र धार्मिकस्थलमा भक्तजनलाई आकर्षित गर्न र आन्तरिक पर्यटनलाई पनि प्रवद्र्घन गर्नका लागि गाउँपालिकाबाट बजेट माग गरी धारा निर्माण गरिएको उपभोक्ता समितिका सचिव गङ¬्गा पुनले बताउनुभयो । यसले सो क्षेत्रको विकास र प्रचारमा थप सहयोग पुग्ने पुनको भनाइ छ ।

भारतको राजस्थानबाट ढुङ्गा र गाईमुखी लिएर धारा बनाइएको छ । गाउँको शिरमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र मोतीचौरमा धारा निर्माणका लागि बेलायतलगायत विदेशमा रहेका दानावासीबाट करिब रु ११ लाख सहयोग प्राप्त भएको आर्थिक सङ्कलन अभियानकर्ता लेफ्टिनेन्ट पुर्जाले बताउनुभयो ।

उहाँका अनुसार हिउँदमा पनि नसुक्ने १०८ वटा मूलबाट पानी ल्याइएकाले पनि यो धाराको विशेष महत्व रहेको छ । यहाँ स्नान गर्ने भक्तजनको मन शुद्घ हुने र चिताएको पनि पुग्ने विश्वास लिइएको छ । मोतीचौरको धार्मिक पर्यटनलाई विकास गर्नका लागि यसै वर्षदेखि दाना, घट्टेखोला, डाँडागाउँबाट कुलिवाङ हुँदै द्वारी मोतीचौर पुग्ने सडक खन्न शुरु गरिएको छ ।

सो सडकलाई निरन्तरता दिनका लागि आगामी आर्थिक वर्षमा पनि वडाबाट रु १५ लाख बजेट विनियोजन गरिएको अन्नपूर्ण–३ दानाका वडाध्यक्ष नरसिंह पुनले जानकारी दिनुभयो । धारा निर्माणसँगै आवश्यक पूर्वाधार निर्माणतर्फ समितिले जोड दिएको छ । स्नानपश्चात कपडा फेर्ने ठाउँ, महिला÷पुरुष शौचालय, व्यवस्थित घेराबार, पानीको मुहानको उचित संरक्षण, सिद्घ र बराह मन्दिर मर्मत, प्रवेशद्वार निर्माणलगायतका काम गर्न आवश्यक रहेकाले वडा, पालिका र देश विदेशमा रहेका दानावासीलाई सहयोगको आह्वान गरिएको उपभोक्ता समितिका सचिव पुनले बताउनुभयो ।रासस