धादिङमा चार दुग्ध उद्योगमाथि कारबाही

धादिङमा चार दुग्ध उद्योगमाथि कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, १५ असार । जिल्लाका चार दूग्ध उद्योगमा अनुगमन गरी कारवाही समेत गरिइएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले संयुक्तरुपमा आज विभिन्न चार दूग्ध उद्योगको अनुगमन गरी कारबाही गर्दा रु ४५ हजार राजस्व सङ्कलन समेत भएको छ ।

अनुगमन टोलीले पशुपति दूग्ध उद्योगलाई रु १० हजार, एन के दूग्ध उद्योगलाई रु १५ महांकाल दूग्ध उद्योगलाई रु १० हजार र खनाल दूग्ध उद्योगलाई रु १५ हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार ती उद्योगका उत्पादनस्थलमा म्याद गुज्रिएका सामग्री फेला परेको, उत्पादन तथा प्रशोधन स्थल फोहोर भएको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा नगरेको र उद्योग सञ्चालन भएको लामो समयसम्म पनि अनुमतिपत्र नलिएको भेटिएको थियो ।

त्रिशुलीमा ट्रक खसेर बेपत्ता

पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकास्थित चरौँदी ज्यामिरे घाटबाट मालबाहक ट्रक त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ३ ख ८०७४ नम्वरको ट्रक सो नदीमा आज विहान खस्दा चालक पनि बेपत्ता रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अहिले नदीको बहाब उच्च रहेको छ ।

चालक बाहेक ट्रकमा अन्य को को थिए भन्ने यकीन नभएको र खोजी जारी रहेको बताइएको छ । वीरगञ्जबाट काठमाडौंका लागि छुटेका तीन ट्रकमध्ये एउटा सम्पर्कमा नआएपछि खोजी गर्दा दुर्घटनामा परेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो । रासस

यो पनि – राष्ट्रिय धान दिवस सम्पन्न

वीरगञ्ज, १५ असार । कृषि ज्ञान केन्द्र पर्साले बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुर टोलमा धान रोपेर १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ समारोह २०७८ सम्पन्न गरेको छ ।

मनसुन चाडै भित्रिएपछि हालसम्म पर्सामा ३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यसवर्ष मनसुनको कारण चाँडैनै धान रोप्न शुरु भएपछि यस वर्ष पर्सामा २५ प्रतिशतले धान उत्पादन बढ्ने सो कार्यालयका बाली विज्ञ सुरेस चौरसीयाले राससलाई बताउनुभयो । पर्सामा ४६ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । रासस